काठमाण्डौ । सीजी मोटर्स, Geely Holding Group अन्तर्गतको Riddara ब्रान्डको नेपालका लागि आधिकारिक वितरकले नेपाली बजारमा नयाँ Riddara RD6 ECON 4x4 इलेक्ट्रिक पिक अप सार्वजनिक गरेको छ।यस गाडीको प्रारम्भिक मूल्य रु. ७१,९९,००० निर्धारण गरिएको छ।
“Pure Electric, Pure Capability” को अवधारणामा आधारित यो मोडेललाई नेपालको सबैभन्दा शक्तिशाली र बहुउपयोगी इलेक्ट्रिक पिकअपको रूपमा प्रस्तुत गरिएको छ, जसले इभी सेग्मेन्टमा प्रदर्शन र उपयोगिताको नयाँ मापदण्ड स्थापित गर्ने लक्ष्य राखेको छ।
करिब दुई वर्षअघि NADA Auto Show मा पहिलोपटक प्रदर्शन भएपछि Riddara RD6 ले नेपालमा इलेक्ट्रिक पिकअप सेग्मेन्टको सुरुवात गर्दै अग्रणी भूमिका खेलेको छ।यस अवधिमा ब्रान्डले प्रदर्शन, विश्वसनीयता र ग्राहक स्वीकृतिमा उल्लेखनीय उपलब्धि हासिल गर्दै आफूलाई नेपालकै नं. १ इभी पिकअपको रूपमा स्थापित गरेको छ।
अब ECON 4x4 भेरियन्टकोआगमनसँगै Riddara ले अझ उच्च अफ-रोड क्षमता, बढी पावर आउटपुट र नेपालका भौगोलिक आवश्यकतालाई लक्षित गर्दै थप बहुउपयोगी समाधान प्रस्तुतगरेकोछ।
Riddara RD6 ECON 4x4 लाई सहरी सडकदेखि लिएर दुर्गम पहाडी तथा अफरोड क्षेत्रसम्म सहज रूपमा चलाउन मिल्ने गरी बहुउपयोगी इलेक्ट्रिक पिकअपको रूपमा प्रस्तुत गरिएको छ।यो गाडीले व्यवसायिक उपयोगिता र लाइफ स्टाइल प्रदर्शनलाई एकैसाथ संयोजन गर्दै व्यवसायिक प्रयोगकर्ता र एड्भेन्चर पारखी दुवैका लागि उपयुक्त समाधान प्रदान गर्दछ।
उच्च प्रदर्शन र वास्तविक 4x4 क्षमतासहित, यस गाडीमा अत्याधुनिक प्रविधिहरू समावेश गरिएका छन्, जसले उत्कृष्ट ड्राइभिङ अनुभव प्रदान गर्दछ। ४८५ Nm को अधिकतम टर्कले बलियो पुलिङ पावर र एक्सेलेरेशन सुनिश्चित गर्छ भने डुअलमोटर All-Wheel Drive (4x4) प्रणालीले दुवै एक्सलमा स्वतन्त्र मोटरमार्फत वास्तविक अफ-रोड क्षमता प्रदान गर्छ।
२२५ mm ग्राउन्ड क्लियरेन्सका कारण कठिन भू-भागमा पनि सहज सञ्चालन सम्भव हुन्छ भने १२३५ केजी पेलोड क्षमताले यसलाई भारी व्यवसायिक प्रयोजनका लागि उपयुक्त बनाउँछ।
साथै, Eco, Normal, Sport र Off-road (Snow, Mud, Sand) जस्ता मल्टिपल ड्राइभ मोडहरूले विभिन्न सडक तथा मौसम अवस्था अनुसार उत्कृष्ट नियन्त्रण र प्रदान गर्छ। यी सम्पूर्ण विशेषताहरूले RD6 ECON 4x4 लाई नेपालका पिकअप तथा अन्य इलेक्ट्रिक प्रतिस्पर्धीहरू भन्दा अगाडि राख्दै बहुउपयोगिताको उत्कृष्ट संयोजनका रूपमा स्थापित गर्दछ।
यसका साथै, Riddara RD6 ECON 4x4 मा अत्याधुनिक ब्याट्री तथा सुरक्षा प्रणाली समावेश गरिएको छ, जसमा 5-Star Battery Protection Armor System, IP68-रेटेड ब्याट्रीप्याक (पानी तथा धुलो प्रतिरोधी) र ६ वटा उन्नत ब्याट्री सुरक्षा व्यवस्थापन प्रणाली रहेका छन्। यी प्रविधिहरूले नेपालको चुनौतीपूर्ण मौसम तथा भौगोलिक अवस्थाहरूमा पनि उच्चस्तरको सुरक्षा, स्थायित्व र विश्वसनीयता सुनिश्चित गर्दै गाडीलाई अझ भरोसायोग्य बनाउँछन्।
Riddara RD6 ECON 4x4 अब देशभर रहेका CG Motors का आधिकारिक शोरुमहरूमा टेस्ट ड्राइभका लागि उपलब्ध छ।यो गाडी उच्च प्रदर्शन, दिगोपन र भरपर्दोपन खोज्ने ग्राहकहरूको लागि उत्कृष्ट विकल्प बन्ने अपेक्षा गरिएको छ।

