काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा उच्च अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ८३.३३ अंकले बढेर २७६०.०२ विन्दुमा उक्लिएको छ ।
नेप्सेमा सूचीकृत ३४५ कम्पनीको २ करोड ५१ लाख ५५ हजार ८४५ कित्ता सेयर किनबेच हुुँदा १० अर्ब ९२ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
आज बीमा समूहका दुईवटै उपसूचक बढेको छ । जीवन बीमा समूह २.६६ प्रतिशत र निर्जीवन बीमा समूह २.९५ प्रतिशतले बढेको छ ।
आज सबै बीमा कम्पनीको सेयरभाउ बढेका ेछ । सर्वाधिक कमाउनेमा नेपाल माइक्रो इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ७.२३ प्रतिशतले बढेर ११८७ रुपैयाँ पुगेको छ ।
त्यस्तै, हिमालयन एभरेष्टको १.६३ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ३.३० प्रतिशत, नेपाल इन्स्योरेन्सको २.८५ प्रतिशत, नेको इन्स्योरेन्सको २.२७ प्रतिशत, एनएलजीको २.४४ प्रतिशत, प्रभु इन्स्योरेन्सको ३.८५ प्रतिशत, आरबीसीएलको ३.०६ प्रतिशत, सलिकोको ३.११ प्रतिशत, सानिमा जिआइसीको २.४८ प्रतिशत, शिखरको १.७७ प्रतिशत, सिद्धार्थ प्रिमियरको २.३० प्रतिशत, युनाइटेड अजोडको ४.८५ प्रतिशत, हिमालयन रि को २.१७ प्रतिशत र नेपाल रि इन्स्योरेन्सको २.२७ प्रतिशतले बढेको छ ।
यसका साथै एशियन लाइफको १.६० प्रतिशत, सिटिजन लाइफको ३.०८ प्रतिशत, क्रेष्ट माइक्रो लाइफको ३.८५ प्रतिशत, गार्डियन माइक्रो लाइफको ३.४३ प्रतिशत, हिमालयन लाइफको २.८७ प्रतिशत, आइएमई लाइफको २.५३ प्रतिशत, एलआइसी नेपालको १.८५ प्रतिशत, नेपाल लाइफको २.३८ प्रतिशत, नेशनल लाइफको ३.१७ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको २.७९ प्रतिशत, रिलायबल नेपाल लाइफको २.४२ प्रतिशत, सूर्यज्योति लाइफको ३.४६ प्रतिशत, सन नेपाल लाइफको ३.३२ प्रतिशत र सानिमा रिलायन्स लाइफको २.७२ प्रतिशतले बढेको छ ।

