सोमबार, असार २,२०८२ 06:00:12
  • सोमबार, असार २,२०८२ 06:00:12
Global IME Bank Limited

सरकारद्वारा कृषि बीमाको २०% अनुदान रकम भुक्तानी

Hyundai Nepal
सरकारद्वारा कृषि बीमाको २०% अनुदान रकम भुक्तानी
Nabil Bank Limited

काठमाण्डौ । सरकारले कृषि बीमा अनुदान वापत साढे ४६ करोड रुपैयाँ भुक्तानी गरेको छ । निर्जीवन बीमा कम्पनीले कृषि तथा पशुपन्छी बीमालेख बिक्री गर्न बन्द गरेपछि अर्थमन्त्रालयबाट कृषि बीमाको अनुदान रकम ४६ करोड ४१ लाख रुपैयाँ निकासा भएको हो ।  

निर्जीवन बीमा कम्पनीहरुले सरकारबाट पाउनुपर्ने अनुदान रकम नपाएपछि चैत १ गतेदेखि कृषि तथा पशुपन्छी बीमा पोलिसी बिक्री नै बन्द गरेका थिए । अर्थमन्त्रालयबाट कृषि बीमाको ४६ करोड रुपैयाँ अनुदान रकम निकासा भइसकेको अर्थमन्त्रालय वित्तीय क्षेत्र महाशाखाका देवानन्द काफ्लेले बताए ।  

अर्थबाट निकासा भएको रकम कृषि मन्त्रालयले गत शुक्रबार भुक्तानी गरेको नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजु रमण पौडेलले बताए । ‘भुक्तानी भएको रकम पोहोरकै हो, सरकारबाट दशैंमा नै आउनुपर्ने रकम चैतमा भुक्तानी निकासा भएको, तर ४६ करोड रकम मात्रै भुक्तानी भएको छ’ पौडेलले भने, ‘सरकारबाट अझै करिब २ अर्ब रुपैयाँ भुक्तानी हुन बाँकी छ, कृषि मन्त्रालय र बीमक संघसँग छलफल गरी अब बन्द भएको पोलिसीलाई निरन्तरता दिन अनुरोध गर्नेछौं ।’  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सरकारबाट बीमा कम्पनीहरुले अझै १ अर्ब ८० करोड बढी रकम भुक्तानी पाउन बाँकी नै छ । पछिल्लो समय दिइएको उक्त रकम पशुपंक्षी बीमा तर्फको अनुदान वापतको रकम भएको प्राधिकरणले जनाएको छ ।  

कम्पनीहरुलाई पशुपंक्षी तर्फको २ अर्ब १२ करोड ३२ लाख ६५ हजार र कृषि तर्फको १४ करोड ४७ लाख ७१ हजार गरी कुल २ अर्ब २६ करोड ८० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी थियो । उक्त रकम विगत ३ वर्षदेखिको हो ।  

४६ करोड ४१ लाख भुक्तानी दिएपछि अब पशुपंक्षी तर्फ  १ अर्ब ६५ करोड ९१ लाख ६५ हजार रुपैयाँ र कृष तर्फ १४ करोड ४७ लाख ७१ हजार गरी कुल १ अर्ब ८० करोड ४० लाख रुपैयाँ बाँकी रहन्छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.