काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा ८ अर्ब ३१ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ४ वटाबाट उच्च खरिद भएको छ भने ६ वटाबाट उच्च बिक्री भएको छ ।
उच्च खरिद गर्ने ब्रोकरहरमा नासा सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, सनि सेक्युरिटिज र भिजन सेक्युरिटिज रहेका छन् ।
त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा अनलाइन सेक्युरिटिज, आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज, डायनामिक मनि म्यानेजर्स, नेपाल स्टक हाउस र दिपशिखा धितोपत्र कारोबार कम्पनी रहेका छन् ।
आज सर्वाधिक कारोबार गर्ने ब्रोकर कम्पनीमा नासा सेक्युरिटिज रहेको छ । यो ब्रोकरबाट आज मात्रै १ अर्ब २८ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ५०.४३ प्रतिशत सेयर खरिद भएको छ भने ४९.५७ प्रतिशत सेयर बिक्री भएको छ ।


