शुक्रबार, बैशाख ४,२०८३ 10:06:16
Bizshala
  • शुक्रबार, बैशाख ४,२०८३ 10:06:16
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

पारदर्शिताको बहानामा बजारमा आतंक, लगानीकर्ता डराउनुपर्ने बेला भएको हो ? विज्ञको मिश्रित भनाई

Bizshala
पारदर्शिताको बहानामा बजारमा आतंक, लगानीकर्ता डराउनुपर्ने बेला भएको हो ? विज्ञको मिश्रित भनाई
Shivam Cement

काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अब निजी क्षेत्रका व्यवसायी तथा व्यावसायिक कारोबारमाथि समेत छानबिन गर्ने तयारी थालेको छ । सुशासनको जग बलियो बनाउने र निजी क्षेत्रका गतिविधिलाई पूर्ण पारदर्शी तथा जवाफदेही बनाउने उद्देश्यले आयोगले यो कदम अघि बढाएको हो ।

यो निर्णयले शेयर बजारमा तीव्र तरंग पैदा गरेको छ । लगानीकर्ताहरूमा चिन्ता र अनिश्चितता छाएको छ भने कतिपयले यसले पूँजीबजारलाई प्रत्यक्ष असर पार्ने अनुमान गरिरहेका छन् ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

अख्तियारले शेयर खरिद–बिक्रीलाई थप पारदर्शी बनाउन १० लाख रुपैयाँभन्दा माथिका कारोबारमा बैंक स्टेटमेन्ट, भौचर वा चेक अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्था लागू गर्ने तयारी गरेको छ । यसले बजारको पारदर्शिता बढाउने भए पनि लगानीकर्ताको मनोबलमा तत्काल प्रभाव पार्ने देखिन्छ ।

पूँजीबजार मुख्य रूपमा लगानीकर्ताको सेन्टिमेन्ट (मनोविज्ञान) मा आधारित हुने भएकाले यस्ता समाचारले बजारलाई प्रभावित पार्ने विज्ञहरूको भनाइ छ ।

अर्थशास्त्री सूर्यनारायण पौडेल ले भने, “शेयरबजार मनोवैज्ञानिक पक्षसँग निकै जोडिएको हुन्छ । लगानीकर्ताको मनोविज्ञानले नै बजार कता जाने हो भन्ने निर्धारण गर्छ । यस्ता समाचारले सेयरबजारमा पक्कै प्रभाव पार्छ । यसअघि सम्पत्ति शुद्धीकरणको विषयले बजारलाई प्रभावित बनाएको थियो, अब निजी क्षेत्रका व्यवसायीमाथि अनुसन्धानले पनि बजारलाई प्रभावित नबनाउला भन्न सकिँदैन ।”

पौडेलले सरकारका हालका क्रियाकलापप्रति सेयर लगानीकर्ताहरू त्रसित रहेको गुनासो समेत गरे । “लगानीकर्ताहरूले बजारमा लगानी गरेर सरकारलाई कर तिरिरहेका छन् । निष्पक्ष लगानी गर्दागर्दै निजी क्षेत्रका व्यवसायीमाथि यस्तो अनुसन्धानको चर्चाले केही लगानीकर्ता डराउँछन् र यसले समग्र बजारमा नकारात्मक प्रभाव पार्छ,” उनले भने ।

उनले थपे, “सरकारले अझै पूँजीगत लाभकर फाइनल हो वा होइन भन्ने स्पष्ट निर्णय गरेको छैन । यसले पनि बजारमा अन्योलता थपिरहेको छ । आगामी बजेटमा सरकारले पूँजीगत लाभकरसम्बन्धी स्पष्ट नीति ल्याउनुपर्छ ।”

पौडेलका अनुसार अहिले बजारलाई आन्तरिक र बाह्य दुवै कारणले प्रभाव पारिरहेको छ । आन्तरिकतर्फ सरकारको यो निर्णयले लगानीकर्तालाई त्रसित बनाएको छ भने बाह्यतर्फ अमेरिका–इरानबीचको तनाव, विश्व अर्थतन्त्रमा आइपरेको संकट र तेलको मूल्य वृद्धिले बैंक ब्याजदर बढ्ने सम्भावना छ, जसले सेयरबजारलाई थप दबाब दिन सक्छ ।

“बजार अहिले बुलिस ट्रेन्ड मा छ । बजेट घोषणासम्म १०० अंक जति तलमाथि भए पनि त्यसपछि बजारले लय समात्न सक्छ । तर यदि २६०० अंकभन्दा तल झर्‍यो भने बियरिस ट्रेन्ड मा जान सक्छ,” उनको धारणा छ ।

CG Motors
Garima Development Bank
IME remit

यता नेपाल इन्भेष्टर्स फोरम का अध्यक्ष तुलसीराम ढकाल ले भने लगानीकर्ताहरूले अनावश्यक त्रास लिन नपर्ने बताएका छन् ।

“अख्तियारले निजी व्यवसायीमाथि छानबिन गर्ने भनेको हो, तर यसमा सेयर लगानीकर्ताहरू डराउनुपर्ने वा त्रसित हुनुपर्ने कुनै कारण छैन । निजी व्यवसायीलाई सूक्ष्म रूपमा हेरे पनि सेयर लगानीकर्तालाई छानबिन गर्ने होइन,” ढकालले भने ।

उनले थप स्पष्ट पारे, “बजारमा लगानीकर्ताहरूले जति रकम लगानी गरेका छन्, त्यो सबै बैंकबाट शेयर धितो कर्जा लिएर भएको हो । हामीले सरकारलाई कर तिरेका छौं र बैंकहरूलाई समयमै ब्याज पनि तिरेका छौं ।”

केही लगानीकर्ताहरू समाचार आएकै भरमा शंकाले आत्तिएर सेयर बेच्ने प्रवृत्तिले बजारको गतिशीलतालाई नै प्रभावित पार्ने उनको टिप्पणी छ । “लगानीकर्ताहरू कुनै पनि समाचार आएकै बित्तिकै अड्कल काट्न थाल्छन्, जसले बजारको स्थिरतामा असर गर्छ । स्वच्छ तरिकाले लगानी गर्नेहरू आत्तिनुपर्ने अवस्था छैन । हामीले बैंकबाट लोन लिएर लगानी गरेका हौं, सरकारले स्रोत खोजे स्पष्ट देखाउन सक्छौं ।”

ढकालको तर्क छ: पूँजीबजार अत्यन्त पारदर्शी क्षेत्र हो । यहाँ आउने हरेक रकमको स्रोत सहजै पत्ता लगाउन सकिन्छ । “यो क्षेत्रमा एउटै स्क्रिप्टमा एकजनाले घाटा बेहोर्छ भने अर्कोले नाफा कमाउँछ । यो नै यसको सुन्दरता र पारदर्शिताको प्रमाण हो । अहिले बजार लगानीकर्ताको सेन्टिमेन्टले बढ्न सकेको छैन, तर यसलाई अवसरको रूपमा लिनुपर्छ । लगानीकर्ताले आफ्नो मनोबल बलियो बनाउनुपर्छ ।”

यो विकासले सेयरबजारमा छोटो अवधिमा मनोवैज्ञानिक दबाब पारे पनि दीर्घकालमा पारदर्शिता बढाएर बजारलाई थप विश्वसनीय र आकर्षक बनाउन सक्ने सम्भावना पनि रहेको विश्लेषकहरूको मत छ । अब आगामी बजेट र सरकारको स्पष्ट नीतिले नै बजारको दिशा निर्धारण गर्ने देखिन्छ ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.