काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अछामका भूपदेव शाह लाई महामन्त्रीमा मनोनीत गर्ने निर्णय गरेको छ । सोमबार बसेको केन्द्रीय समिति बैठकले शाहलाई महामन्त्रीमा मनोनीत गर्ने निर्णय गरेको हो।
यससँगै रास्वपामा महामन्त्रीको संख्या तीन पुगेको छ। यसअघि कविन्द्र बुर्लाकोटी र सुनील लम्साल उक्त जिम्मेवारीमा कार्यरत छन्।
यस्तै सागर ढकाल र सरिताश्री ज्ञवाली लाई सचिवालयमा मनोनीत गरिएको जानकारी पार्टीका प्रवक्ता मनिष झाले दिएका छन्।

