काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । ग्रीन डेभलपमेन्ट बैंक र ग्लोबल आइएमई लघुवित्तको बोनस सेयर सूचीकृत भएको हो ।
ग्रीन डेभलपमेन्ट बैंकको ८.०३९६ प्रतिशत दरको कुल ४ लाख ५८ हजार १५ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
साथै ग्लोबल आइएमई लघुवित्तको ४.७५ प्रतिशत दरको २ लाख ९३ हजार ९७७ कित्ता बोनस सेयर सूचीकृत भएको छ । उक्त सूचीकृत बोनस सेयर भोलिदेखि नै दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।

