काठमाण्डौ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र ठाकुरलाई अर्थ मन्त्रालयमा तानिएको छ। मन्त्रालय स्रोतका अनुसार उनलाई बिहीबार मन्त्रालय तानिएको भए पनि हालसम्म कुनै स्पष्ट जिम्मेवारी तोकिएको छैन।
ठाकुर पछिल्लो समय एक विवादका कारण चर्चामा आएका थिए। दीपक भट्टसँग सम्बन्धित स्टार माइक्रो इन्स्योरेन्स कम्पनीमा उनकी श्रीमतीको नाममा सेयर रहेको विषय सार्वजनिक भएपछि उनको भूमिकामाथि प्रश्न उठेको हो।
उक्त प्रकरणबारे स्पष्टिकरण दिँदै ठाकुरले भने उक्त लगानी बैंक ऋण तथा सञ्चय कोषमार्फत कानुनी प्रक्रियाअनुसार गरिएको दाबी गर्दै आएका छन्।

