आईतवार, जेष्ठ ३,२०८३ 06:02:45
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 06:02:45
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

पूँजी बजार सुधारको माग गर्दै प्रधानमन्त्रीसमक्ष लगानीकर्ता संघको ध्यानाकर्षण

Laxmi Sunrise Bank Limited
पूँजी बजार सुधारको माग गर्दै प्रधानमन्त्रीसमक्ष लगानीकर्ता संघको ध्यानाकर्षण
Shivam Cement

काठमाण्डौ । नेपालको पूँजी बजारमा देखिएको वर्तमान चुनौतीपूर्ण अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै नेपाल सेयरबजार लगानीकर्ता संघले प्रधानमन्त्रीसमक्ष औपचारिक ध्यानाकर्षण गराएको छ। संघले पूँजी बजारको सुधार, विकास तथा विस्तारका लागि तत्काल प्रभावकारी कदम चाल्न माग गरेको हो।

संघद्वारा प्रधानमन्त्री बालेन साहलाई सम्बोधन गरी जारी पत्रमा पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) भित्र देखिएको अनियमितता, नीतिगत अस्थिरता, स्वेच्छाचारिता तथा विचौलियाहरूको प्रभावका कारण सर्वसाधारण लगानीकर्ताहरूमा निराशा बढेको उल्लेख गरिएको छ। हाल करिब ७७ लाखभन्दा बढी हितग्राही खाताधारकहरू प्रत्यक्ष रूपमा प्रभावित भएको संघको दाबी छ।

Bizshala
New Office
CG Motors

पत्रमा देशको ठूलो जनसंख्याको लगानी रहेको यस क्षेत्रको संरक्षण र सुदृढीकरण सरकारको प्राथमिक दायित्व भएको उल्लेख गर्दै विद्यमान समस्याको समाधानका लागि सरकारको तत्काल हस्तक्षेप आवश्यक रहेको औंल्याइएको छ।

संघले विशेष रूपमा वर्तमान सेबोन नेतृत्व तथा संरचनागत कमजोरीहरूलाई समस्याको प्रमुख कारणका रूपमा इंगित गरेको छ। साथै, अर्थ मन्त्रालयको अपेक्षित सक्रियता अभावले अवस्था थप जटिल बनेको आरोप पनि लगाइएको छ।

Garima Development Bank
Shivam Cement
IME remit

धितोपत्र सम्बन्धी ऐन, २०६३ अनुसार लगानीकर्ताको हित संरक्षण गर्नुपर्ने प्रावधान व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको संघको भनाइ छ।

यस सन्दर्भमा संघले सेबोनका वर्तमान संचालकहरूको पुनरावलोकन, दक्ष र प्रतिबद्ध व्यक्तिहरूको नियुक्ति, संस्थागत संरचनात्मक सुधारको थालनी तथा नीतिगत स्थिरता कायम गर्न सरकारसँग माग गरेको छ।

लगानीकर्ताहरूको विश्वास पुनर्स्थापित गर्न र पूँजी बजारलाई सुदृढ बनाउन सरकारबाट शीघ्र सकारात्मक पहल हुने अपेक्षा संघले व्यक्त गरेको छ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.