सोमबार, असार २,२०८२ 07:45:21
  • सोमबार, असार २,२०८२ 07:45:21
Global IME Bank Limited

१३ वटा बैंकले घटाए ब्याजदर, कुन बैंकमा पाइन्छ सबैभन्दा बढी ब्याज ?

Hyundai Nepal
१३ वटा बैंकले घटाए ब्याजदर, कुन बैंकमा पाइन्छ सबैभन्दा बढी ब्याज ?
Nabil Bank Limited

काठमाण्डौ । वाणिज्य बैंकहरुले वैशाख महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जसअनुसार अधिकांश बैंकहरुले मुद्दती निक्षेपको ब्याजदरमा कटौती गरेका छन् । वैशाख महिनाका लागि १३ वटा वाणिज्य बैंकले ब्याजदर घटाएका छन् भने ५ वटाले अघिल्लो महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । वैशाख महिका लागि २ वटा बैंकले भने ब्याजदर बढाएका छन् ।  

वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपतर्फ वैशाख महिनाका लागि औषत ७.०७ प्रतिशत ब्याजदर प्रदान गर्ने भएका छन् । चैत महिनामा भने बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपतर्फ औषत ७.२५ प्रतिशत ब्याज प्रदान गरेका थिए ।  

बैंकहरुमा अधिक तरलता थुप्रिएका कारण बैंकहरुले निक्षेपको ब्याजदरमा कटौती गरिरहेका छन् । तरलता प्रयाप्त भएपनि सोहि अनुपातमा कर्जा प्रवाह भने हुन सकिरहेको छैन ।  

वैशाख महिनाका लागि कुन बैंकको ब्याजदर कति ?

कृषि विकास बैंक

कृषि विकास बैंक लिमिटेडले वैशाख महिनाका लागि ब्याजदरमा कुनै परिवर्तन गरेको छैन । बैंकले व्यक्तिगततर्फको अधिकतम ब्याजदर ५.६६१ प्रतिशत कायम गरेको छ भने संस्थागत मुद्दती निक्षेपमा अधिकतम ब्याजदर ४.५१०० प्रतिशत कायम गरेको छ । चैत महिनाका लागि पनि बैंकले यहि ब्याजदर कायम गरेको थियो ।  

एनआईशी एशिया बैंक  

बैंकले चैत  महिनाका लागि व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ७.७५० प्रतिशत र संस्थागततर्फ अधिकतम ६.७०० प्रतिशत ब्याजदर निर्धारण गरेको छ । चैत महिनामा व्यक्तिगत निक्षेपतर्फ अधिकतम ९.३३ प्रतिशत र संस्थागततर्फ अधिकतम ७.५४८ प्रतिशत ब्याजदर प्रदान गरेको थियो ।  

नेपाल बैंक लिमिटेड

बैंकले चैत महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ६.७५ प्रतिशत र संस्थागततर्फ अधिकतम ४.७५ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ । चैत महिनामा बैंकले व्यक्तिगततर्फ अधिकतम ७.२५ प्रतिशत र संस्थागतर्फ ५ प्रतिशत ब्याजदर प्रदान गरेको थियो ।  

कुमारी बैंक  

कुमारी बैंकले पनि चैत महिनाका लागि ब्याजदरमा कर्टाती गरेको छ । बैंकले चैत महिनाका लागि व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ७.११ प्रतिशत र संस्थागतर्फ ६.२६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । चैत महिनाका लागि भने बैंकले व्यक्तिगततर्फ अधिकतम  ७.११ प्रतिशत र संस्थागततर्फ  ६.५१ प्रतिशत ब्याजदर तोकेको थियो ।  

स्ट्याण्डर्ड चाटर्ड बैंक

बैंकले चैत महिनाका व्यक्तिगततर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ५ं२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । चैत महिनामा पनि बैंकले व्यक्तिगततर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर तोकेको थियो ।  

प्रभु बैंक  

प्रभु बैंकले पनि वैशाख महिनका लागि ब्याजदर घटाएको छ । बैंकले वैशाखका लागि व्यक्तिगततर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ६.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । चैतमा भने बैंकले व्यक्तिगततर्फ अधिकतम ७.५ र संस्थागतर्फ भने ६.५ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।  

एभरेष्ट बैंक  

बैंकले चैत महिनाका लागि ब्याजदर बढाएको छ । बैंकले व्यक्तिगततर्फ ७ र संस्थागततर्फ अधिकतम ६ प्रतिशत ब्याजदर तोकेको छ । चैत महिनाका लागि भने बैंकले व्यक्तिगततर्फ ६.५ र संस्थागततर्फ ५.५ प्रतिशत अधिकतम ब्याजदर तोकेको थियो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

एनएमबी बैंक  

बैंकले पनि वैशाख महिनाका लागि ब्याजदर वृद्धि गरेको छ । बैंकले वैशाख महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.९७ प्रतिशत र संस्थागततर्फ ६.९७ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ । चैत महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदरको व्यवस्था गरेको थियो ।  

हिमालयन बैंक  

हिमालयन बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.५ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । चैत महिनामा पनि बैंकको व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.५ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर रहेको थियो ।  

सिटिजन्स इन्टरनेशनल बैंक

बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.५ प्रतिशत र संस्थागततर्फ ६.१५ प्रतिशत ब्याजदर तोकेको छ । चैत महिनामा व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.७५ प्रतिशत र संस्थागततर्फ ६.१५ प्रतिशत ब्याजदर रहेको थियो ।  

राष्ट्रिय वाणिज्य बैंक  

चैत महिनाका लागि बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.५५ प्रतिशत र संस्थागततर्फ ५.३५ प्रतिशत ब्याजदर तोकेको छ । चैत महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ५.३५ प्रतिशत ब्याजदर तोकेको थियो ।  

सानिमा बैंक  

बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.१ प्रतिशत र संस्थागततर्फ ६.१ प्रतिशत ब्याजदर कायम गरेको छ । जुन अघिल्लो महिना ७.२५ र ६.२५ प्रतिशत रहेको थियो ।  

प्राइम कमर्सियल बैंक  

बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.१ प्रतिशत र संस्थागततर्फ ६.१ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । चैत महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.२५ प्रतिशत र संस्थागततर्फ ६.२५ प्रतिशत ब्याजदर रहेको थियो ।  

माछापुच्छ्रे बैंक  

चैत महिनाका लागि बैंकको व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.२५ प्रतिशत र संस्थागततर्फ ५.५ प्रतिशत ब्याजदर रहेको छ । अघिल्लो महिना बैंकको व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.७५ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर रहेको थियो ।  

नेपाल एसबीआई बैंक  

बैंकको व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.५३ प्रतिशत र संस्थागततर्फ ५.५३ प्रतिशत ब्याजदर रहेको छ । चैत महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.०१ प्रतिशत र संस्थागततर्फ ६.०१ प्रतिशत ब्याजदर कायम गरेको थियो ।  

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक  

बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । जुन चैत महिनामा पनि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत रहेको थियो ।  

लक्ष्मी सनराइज बैंक  

बैंकले चैत महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । अघिल्लो महिना बैंकको व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.५ प्रतिशत र संस्थागततर्फ ६.५ प्रतिशत ब्याजदर रहेको थियो ।  

सिद्धार्थ बैंक  

बैंकको व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.२५ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर कायम भएको छ । चैत महिनाका लागि भने व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.५ प्रतिशत र संस्थागततर्फ ६.५ प्रतिशत ब्याजदर कायम थियो ।  

नविल बैंक  

वैशाख महिनाका लागि नविल बैंकको व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.२५ प्रतिशत र संस्थागततर्फ ६.२५ प्रतिशत ब्याजदर कायम भएको छ । चैत महिनाका लागि पनि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.२५ प्रतिशत र संस्थागततर्फ ५.७५ प्रतिशत ब्याजदर कायम थियो ।  

ग्लोबल आइएमई बैंक  

बैंकले वैशाख महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर कायम भएको छ । जुन चैत महिनामा व्यक्तिगततर्फ ७.६ र संस्थागततर्फ ६.६ प्रतिशत रहेको थियो ।   

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.