बुधबार, असार १७,२०८३ 08:36:49
Bizshala
  • बुधबार, असार १७,२०८३ 08:36:49
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एर्लिङ हालान्डको दुई गोलमा नर्वेको शानदार जीत, इराक ४–१ ले पराजित

Laxmi Sunrise Bank Limited
एर्लिङ हालान्डको दुई गोलमा नर्वेको शानदार जीत, इराक ४–१ ले पराजित

काठमाण्डौ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘आई’ को खेलमा २८ वर्षपछि विश्वकपमा पुनरागमन गरेको नर्वेले उत्कृष्ट प्रदर्शन गर्दै इराकलाई ४–१ को फराकिलो अन्तरले पराजित गरेको छ।  

स्टार स्ट्राइकर एर्लिङ हालान्डले दुई गोल गरेपछि नर्वेले सहज जीत दर्ता गरेको हो।

New Office
CG Motors
Garima Development Bank

अमेरिकाको बोस्टनस्थित स्टेडियममा बुधबार बिहान सम्पन्न खेलमा नर्वेले सुरुवातदेखि नै आक्रामक खेल प्रस्तुत गरेको थियो।  

खेलको २९औँ मिनेटमा एर्लिङ हालान्डले पहिलो गोल गर्दै नर्वेलाई अग्रता दिलाए।  

विश्वकप डेब्यु खेलमै उनले आफ्नो उच्च फिनिसिङ क्षमता प्रदर्शन गरेका थिए।

तर, ३९औँ मिनेटमा इराकका आइमेन हुसेनले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए।  

यो गोल इराकको विश्वकप इतिहासमा दोस्रो गोलका रूपमा दर्ता भएको छ।

तर, बराबरीको खुसी धेरै समय टिक्न सकेन। 

खेलको ४३औँ मिनेटमा हालान्डले व्यक्तिगत दोस्रो गोल गर्दै नर्वेलाई पुनः अग्रता दिलाए र पहिलो हाफ २–१ मा समाप्त भयो।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

दोस्रो हाफमा नर्वेले खेलमा पूर्ण नियन्त्रण कायम गर्‍यो। ७६औँ मिनेटमा लियो ओस्टिगार्डले गोल गर्दै नर्वेको अग्रता ३–१ मा पुर्‍याए।  

त्यसपछि इन्जुरी समयमा इराकका आइमेन हुसेनबाट आत्मघाती गोल हुन पुग्दा नर्वेले ४–१ को शानदार जीत  सुनिश्चित गर्‍यो।

यस जितसँगै नर्वे समूह ‘आई’ को शीर्ष स्थानमा उक्लिएको छ। सोही समूहको अर्को खेलमा फ्रान्सले सेनेगललाई ३–१ ले पराजित गरेको थियो।

तर, गोल अन्तरका आधारमा नर्वे शीर्ष स्थानमा रहन सफल भएको हो।

नर्वेले पछिल्लो पटक सन् १९९८ मा विश्वकप खेलेको थियो भने २८ वर्षपछि गरिएको यो पुनरागमनलाई निकै अर्थपूर्ण मानिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.