आईतवार, असार १,२०८२ 10:15:11
  • आईतवार, असार १,२०८२ 10:15:11
Global IME Bank Limited

गुठी बिधेयक छिट्टै ल्याउछौं- मन्त्री अधिकारी

Hyundai Nepal
गुठी बिधेयक छिट्टै ल्याउछौं- मन्त्री अधिकारी
Nabil Bank Limited

काठमाण्डौ । भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले सरकारले छिट्टै गुठी बिधेयक ल्याउने गरी गृहकार्य सुरु गरेको बताएका छन् । गुठी बिधेयक मस्यौदा गर्न कार्यदल गठन गरेको भोलीपल्ट मन्त्री अधिकारीले कार्यदलका सदस्य र सरोकारवालाबीचको अन्तरक्रिर्या कार्यक्रममा यस्तो बताएका हुन् ।  

पुरानो कानुनमा भएका राम्रा कुरा अङ्गीकार गर्दै परिर्वतीत समय र सबै समुदायको अपनत्व रहने गरी गुठी बिधेयक ल्याउनका लागि मन्त्रालयले छलफल सुरु गरेको जानकारी मन्त्री अधिकारीले दिए । गुठी जग्गा जमिनको बिषय मात्र नभएर काठमाण्डौ उपत्यकाको हकमा नेवा समुदाय र अन्य देशभर आ—आफनो परम्परा र संस्कृतिसँग गुठी जोडिएकाले यसको स्थायी समाधान खोजिरहेको मन्त्री अधिकारीको भनाई छ । तत्कालका समस्या र दिर्घकालमा आइपर्ने समस्या समाधानका लागि सबै सरोकारवालासँग छलफल गरेर मस्यौदा लिएर आउन मन्त्री अधिकारीले निर्देशन समेत दिएका छन् ।  

कार्यक्रममा मन्त्रालयका सचिव गोकर्णमणी दवाडीले एकिकृत गुठी बिधेयकले सबैको भावना समेट्ने बिश्वास ब्यक्त गरे । कार्यदलले सम्वन्धीत सरोकारवालासँग छलफल गरेर लिखित, मौखिक र स्थलगत अध्ययन गरेर मस्यौदा ल्याउने उनको भनाई छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कार्यक्रममा गुठी संस्थानका गुठी प्रशासक एवं मस्यौदा कार्यदलका संयोजक किरण शाक्यले सबै समुदायको भावनाको प्रतिनिधित्व रहने र बिगतका कमी कमजोरी नदोहोरिने गरी नयाँ ऐनको मस्यौदा बनाउने धारणा राखे । २०७५ सालमा नेवा समुदायलेले गरेको गुठी आन्दोलनको मर्म र भावनाअनुसार काम गर्ने र बढी भन्दा बढी सरोकारवालासँग कार्यदलले छलफल गर्ने योजना रहेको उनले जानकारी गराए । 

उक्त कार्यक्रममा बागमती प्रदेश सभा सदस्य प्रेमभक्त महर्जन र पुर्वमन्त्री केशवमान शाक्यले गुठी संस्थान स्वायत्त निकाय हुनु पर्ने र  सबै समस्यालाई एकिकृत रुपमा सम्बोधन हुनुपर्ने बिचार राखे । पुरानो बिधेयक बनाउदा छलफल नभएकाले आन्दोलन भएकाले अब बनाउदा धर्म, संस्कृति र परम्परासँग गुठी जोड्नु पर्ने उनीहरुको भनाई छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.