आईतवार, असार २१,२०८३ 04:01:46
Bizshala
  • आईतवार, असार २१,२०८३ 04:01:46
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

द्रुत गतिमा परिवर्तन भइरहेको मिडिया र विज्ञापन व्यवसायबारे नेपाल बिज्ञापन संघद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

Laxmi Sunrise Bank Limited
द्रुत गतिमा परिवर्तन भइरहेको मिडिया र विज्ञापन व्यवसायबारे नेपाल बिज्ञापन संघद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाण्डौ । नेपाल विज्ञापन संघ (आन) ले आफ्नो स्थापनाको ३६औँ वार्षिकोत्सबको मनाउने क्रममा आयोजित जेठ ३० देखि असार ३०, २०८३ सम्म Month of Creativity कार्यक्रम अन्तर्गत आज एक विशेष अन्तरक्रिया कार्यक्रम सफलता पूर्वक सम्पन्न गरेको छ । Evolving Media Landscape and Ever–Transitioning Advertising Business(परिवर्तनशील मिडिया परिदृश्य र निरन्तर रूपान्तरणकारी विज्ञापन व्यवसाय) शीर्षक दिइएको उक्त कार्यक्रम काठमाडौँको गौशाला स्थित होटल बेस्ट वेष्टर्न प्लसमा आयोजना गरिएको थियो ।

एड्सारो नेपालको सहयोग तथा एड क्लब नेपाल र आईएए नेपालको सहकार्यमा आयोजित कार्यक्रममा नेपाली मिडिया र विज्ञापन बजारमा विकसित भइरहेका नयाँ आयाम र चुनौतीहरू माथि सम्बन्धित क्षेत्रका दक्ष, र अनुभबि बिज्ञहरुले छलफल तथा बिचार बिमर्श भएको थियो । अन्तरक्रिया कार्यक्रममा प्रविधिको तीव्र विकासले सिर्जना गरेका चुनौती र ती चुनौतीहरूलाई अवसरमा बदल्न नेपाली विज्ञापन व्यवसायी तथा पेशाकर्मीहरूले चालेका सकारात्मक कदमहरू बारे विशेष चर्चा भएको थियो ।

उपभोक्ताहरू फेसबुक, इन्स्टाग्राम, टिकटक जस्ता डिजिटल र सामाजिक सञ्जालमा केन्द्रित हुँदा परम्परागत सञ्चार माध्यमहरू (टेलिभिजन, प्रिन्ट र रेडियो)मा आउने विज्ञापनको हिस्सा घट्दै गएको र बजार असन्तुलित बनेको कुरालाई मुख्य चुनौतीको रूपमा औँल्याइयो ।

नेपालमा एआई, डाटामा आधारित मार्केटिङ र डिजिटल मार्केटिङका लागि आवश्यक दक्ष जनशक्तिको अभाव रहनु र शहरी तथा ग्रामीण क्षेत्रबीचको डिजिटल साक्षरताको खाडल विज्ञापन क्षेत्रको अर्को ठूलो चुनौतीका रुपमा छलफलमा सहभागिहरुको ठम्याई रह्यो ।

New Office
CG Motors
Garima Development Bank

यी तमाम चुनौतीहरूका बीच पनि नेपाली विज्ञापन एजेन्सी र उद्यमीहरूले परम्परागत शैलीलाई छोडेर द्रुत गतिमा डिजिटल र इन्फ्लुएन्सर मार्केटिङलाई अँगाल्दै नेपाली बजार अनुकूल र स्थानीय भाषा–संस्कृति सुहाउँदो सिर्जनशील डिजिटल सामग्री निर्माणमा व्यवसायीहरूले सक्रियता बढाएकोमा बिज्ञापन ब्यबसायी तथा पेशाकर्मीहरुको सकारात्मकतालाई सर्हाना गरियो ।

आर्टिफिसियल इन्टेलिजेन्स र डीपफेक जस्ता अत्याधुनिक प्रविधिले ल्याउन सक्ने भ्रामक विज्ञापनको जोखिमलाई न्यूनीकरण गर्न जोड नेपालका विज्ञापन पशाकर्मीहरूले आचारसंहिता निर्माण, स्वनियमन र नवप्रवर्तनकारी प्रविधिको जिम्मेवार प्रयोगमा जोड दिनु पर्ने कुरा समेत छलफलमा सहभागिहरुले औल्याए ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

छलफल पश्चात कार्यक्रममा संघको सदस्य एजेन्सी एडसारो नेपाल प्रालिका अध्यक्ष सुजन अधिकारीले विज्ञापनमा आधुनिक प्रविधिको प्रयोग सहित डिजिटल प्लेटफर्महरुमा बिज्ञापन बितरण गर्ने सम्बन्धि कम्पनिले बिकास गरेको प्रबिधि र यसका उपयोगिताहरुका बारेमा एक विशेष प्रस्तुतीकरण दिएका थिए ।

आनका कार्यकारी सदस्य प्रभात रिमाल संचालन गरेको कार्यक्रममा उपाध्यक्ष पंकज प्रधानले स्वागत मन्तव्य राख्दै सम्पूर्ण सहभागीहरूलाई स्वागत गर्नुका साथै कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । 

कार्यक्रमको मुख्य आकर्षणको रूपमा रहेको प्यानल छलफलको सहजीकरण टेक्नोलाजीखबर डट कमका प्रधान सम्पादक श्री अनुज राज ढुङ्गेलले सहजीकरण गर्नु भएको उक्त छलफमा आनका कार्यकारी सदस्य दीपेन्द्र टण्डन, बार्हखरीका प्रधान सम्पादक प्रतीक मान प्रधान, डिजिटल बिज्ञापन बिज्ञ कश्यप शाक्य र र सारस बेभसेज रेडबुल नेपालका सेल्स एण्ड मार्केटिंग प्रमुख निर्भिक प्रधान रहेका थिए ।

कार्यक्रमको अन्त्यमा, एडसारो नेपालले बिकास गरेको प्रबिधिले बिज्ञापन उद्योगलाइृ मात्र नभएर समग्र नेपाली मिडिया तथा बिज्ञापनदाताहरुलाई समेत सजिलो, किफायती हुनुका साथै बिज्ञापनको प्रभावकारीता मापन र पारदर्शीताको बिकास गर्न सहयोग पुग्ने कुरा ब्यक्त गर्दै नेपाल विज्ञापन संघ (आन)का अध्यक्ष सुदिप थापाले सम्पूर्ण सहयोगी संस्था र सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको औपचारिक समापन गरे । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.