बुधबार, असार २४,२०८३ 06:50:00
Bizshala
  • बुधबार, असार २४,२०८३ 06:50:00
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

हानिकारक तेल र म्याद गुज्रिएका खाद्यवस्तु प्रयोग गर्ने ४ उद्योग कारबाहीमा

Laxmi Sunrise Bank Limited
हानिकारक तेल र म्याद गुज्रिएका खाद्यवस्तु प्रयोग गर्ने ४ उद्योग कारबाहीमा

काठमाण्डौ । सरकारले काठमाण्डौका ४ खाद्य उद्योगलाई कारबाही गरेको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनुगमन निरीक्षण गर्ने क्रममा सरसफाई सन्तोषजनक नपाइएकाले कारबाही गरेको हो ।  

विभागमा आएको उजुरी गुनासो व्यवस्थापनको लागि आकस्मिक (र्यापिड रेसपोन्स मोडालिटी) अनुगमन निरीक्षण गर्ने क्रममा एनएस ग्रुप इन्डष्ट्रिज प्रा.लि., अधिकारी तेल मिल, द ब्ल्याक गोल्ड रेस्टुरेन्ट र एक्सप्रेस इट्स प्रा.लि.लाई आवश्यक कारबाही गरेको हो ।  

विभागकी बरिष्ठ अनुसन्धान अधिकृत डा. बाल कुमारी शर्माका अनुसार स्थलगत निरीक्षण गर्दा कृत्रिम खाद्य रंगको अनुचित प्रयोग, म्याद सकिएको खाद्य वस्तुको प्रयोग, स्वास्थ्यका लागि हानिकारक हुने पुरानो तेलको प्रयोग, सरसफाईमा ध्यान नदिएको, स्टोरमा कीटको व्यवस्थापन उचित नभएको जस्ता विवरण भेटिएपछि सम्बन्धित उद्योगहरुलाई आवश्यक कारबाही गरिएको हो ।  

दरबारमार्गमा रहेको द ब्ल्याक गोल्ड रेस्टुरेन्टले कृत्रिम खाद्य रंगको अनुचित प्रयोग, स्टोरमा कीटको व्यवस्थापन गरेको, मिति गुज्रिएको खाद्य रंगको प्रयोग र फ्रिजमा खाद्य वस्तु अव्यवस्थित तरिकाले राखेको पाइएकाले कारबाही गरिएको छ ।  

New Office
CG Motors
Garima Development Bank

त्यस्तै, चण्डोल काठमाण्डौमा रहेको एक्सप्रेस इट्स प्रा.लि.मा पनि खाद्य रंगको अनुचित प्रयोग भएको पाईएको शर्माले बताईन् । उनका अनुसार कीट नियन्त्रणको व्यवस्था प्रभावकारी नभएको, भान्साको सरसफाई सन्तोषजनक  नभएको, तेलको टीपीएम ३८ भई मापदण्ड प्रतिकुल पाइएको र २ थान ७ सय ग्रामको चाउमिनको उपभोग्य मिति समाप्त भएको पाइएको छ ।  

मिति गुज्रिएको दुई थान ७ सय ग्रामको चाउमिन नष्ट गरेको, पूर्ण लेबल विवरण भएका प्रशोधित खाद्य पदार्थ मात्र प्रयोग गर्न निर्देशन, टीपीएम धरै भएको करिब २ लिटर तेल नष्ट र खाद्य स्वच्छता कायम राख्न निर्देशन दिइएको छ ।    

यसका साथै निरीक्षणका क्रममा टोखास्थित एनएस ग्रुप इन्डष्ट्रिले पनि उद्योगमा सरसफाईमा ध्यान नदिएकाले कारबाही गरिएको शर्माले बताईन् ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उद्योग परिसरमा पानी भरेर बजारमा लैजान लागेका टुटे, फुटेका, कुच्चिएका जार पाइएको, उद्योगको प्रशोधन कक्षमा लगाइएको टायल जीर्ण अवस्थामा रहेको पाइएकाले कारबाही गरिएको छ ।  

सो उद्योगमा विभागले टुटे फुटेका र कुच्चिएका ४४ थान जार नष्ट गरेको छ र प्रशोधन कक्षमा भुईमा रहेको टायलको मर्मत ५ दिनभित्र सुधार गर्न निर्देशन दिएको छ ।  

त्यस्तै, बसुन्धारामा रहेको अधिकारी तेल मिलमा पनि सरसफाई नभएको र खाद्य पदार्थलाई पानी सँगै एउटै ठाउँमा राखेको पाइएको छ । सो उद्योगमा विभागले पूर्ण लेबल विवरण नखुलेको एक लिटर नविरल तेल, ५ केजी काजु बदामा र फर्सीको बिया आपूर्तिकर्तालाई फिर्ता गर्न लगाइएको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X