सोमबार, श्रावण १८,२०८३ 10:26:32
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 10:26:32
Bizshala
Global IME Bank Limited

आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
New Office

काठमाण्डौ । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा सोमबार अधिकांश स्थानमा बदली रही वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेकाले देशभर मौसम बदली भएको हो।

विभागले हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षासँगै हिमपात हुने सम्भावना रहेको जनाएको छ। यस्तै, पहाडी भूभागका धेरै स्थान तथा तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ।

बागमती र गण्डकी प्रदेशका तराईका धेरै स्थान तथा मधेश प्रदेशसँगै कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। 

साथै, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने अनुमान गरिएको छ। गण्डकी र बागमती प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा धेरै भारी वर्षा हुन सक्ने भएकाले विशेष सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

सोमबार राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा मध्यम वर्षासँगै हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

विभागले भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ। 

साथै, प्रतिकूल मौसमका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले विभागका मौसमसम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा पछ्याउन पनि आग्रह गरिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.