आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाण्डौ । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा सोमबार अधिकांश स्थानमा बदली रही वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेकाले देशभर मौसम बदली भएको हो।विभागले हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षासँगै हिमपात हुने सम्भावना रहेको जनाएको छ। यस्तै, पहाडी भूभागका...

