आईतवार, असार १,२०८२ 10:31:56
  • आईतवार, असार १,२०८२ 10:31:56
Global IME Bank Limited

श्रीलंकाले कर्जा पुनर्संरचनामार्फत १७ बिलियन डलर कर्जा घटाउने

Hyundai Nepal
श्रीलंकाले कर्जा पुनर्संरचनामार्फत १७ बिलियन डलर कर्जा घटाउने
Nabil Bank Limited

काठमाण्डौ । श्रीलंकाले कर्जा पुनर्संरचनामार्फत १७ बिलियन डलर कर्जा कम गर्ने भएको छ । श्रीलंकाका विदेशमन्त्री अलि सार्बीले प्रमुख साझेदार र कर्जादातासँग सम्बन्ध बलियो बनाउँदै कर्जा पुनर्संरचनामार्फत कुल कर्जाबाट १७ बिलियन डलरबराबरको कर्जा घटाउने बताएका हुन् ।  

यसका लागि श्रीलंकाले चीन, भारत र आइएमइफसँग निकट भई काम गरिरहेको मन्त्री अलिले बताएका छन् । श्रीलंका भ्रमणमा रहेका जापानी विदेशमन्त्री योको कामीकावाले नगद संकटमा फसेको श्रीलंकाले कर्जा प्रदायकहरुसँग पारदर्शी कर्जा पुनर्संरचनाका लागि सम्झौता गर्ने विश्वास गरेको बताएपछि अलिको यस्तो भनाई सार्वजनिक भएको हो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

श्रीलंकाको कर्जा पुनर्संरचनाका लागि जापानले अन्तराष्ट्रिय बहसको नेतृत्व गरिरहेको छ । सन् १९४८ मा बेलायत उपनिवेशबाट स्वतन्त्र भएपछि इतिहासमै पहिलोपटक श्रीलंकाले सन् २०२२ अप्रिलमा टाट पल्टीएको घोषणा गरेको थियो । त्यसपछि आर्थिक संकट अन्त्य गर्नका लागि बनेको आधिकारीक कर्जादाता कमिटीको उपाध्यक्षको रुपमा जापानले नेतृत्व गरिरहेको छ ।  

गत मार्चमा अन्तराष्ट्रिय मुद्रा कोष(आइएमएफ)ले सन् २०२३ मा स्वीकृत भएको ३ बिलियन डलरको बेलआउटबाट ३३७ मिलियन डलरमा पुहँच पुर्याउन दिने दोस्रो चरणको प्रक्रियाका लागि श्रीलंकासँग सम्झौता भएको जनाएको थियो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.