बुधबार, भाद्र २५,२०८२ 01:49:55
  • बुधबार, भाद्र २५,२०८२ 01:49:55
Global IME Bank Limited

निओ मनि ट्रान्सफरले गायक प्रकाश सपुतलाई नियुक्त गर्यो ब्राण्ड एम्बेसडर

Hyundai Nepal
निओ मनि ट्रान्सफरले गायक प्रकाश सपुतलाई नियुक्त गर्यो ब्राण्ड एम्बेसडर

काठमाण्डौ । निओ मनि ट्रान्सफरले लोकप्रिय गायक प्रकाश सपुतलाई आफ्नो ब्राण्ड एम्बेसडरको रूपमा नियुक्ति गरेको छ । सुपतसँगको सहकार्यले नेपालमा र विदेशमा रहेका नेपालीहरूका लागि निओ मनि ट्रान्सफरको छिटो, भरपर्दाे, सुलभ र सुरक्षित रेमिट्यान्स सेवाहरूका साथै वित्तीय समावेशीकरणलाई प्रवद्र्धन गर्ने र चेतना जगाउने उदेश्य पूरा हुने कम्पनीले जनाएको छ ।  

निओ मनि ट्रान्सफरबाट विदेशमा रहेका नेपालीहरुले डिजिटल माध्यमबाट पठाएको पैसा केहि सेकेण्डमै बैंक खाता (लघुवित्त र सहकारी संस्थाहरुसहित) तथा वालेटमा प्राप्त गर्न सकिन्छ ।  

त्यसैगरि, पारम्पारिक माध्यम, नगद भुक्तानीबाट पठाइएको पैसा पनि निओ मनि ट्रान्सफरका नेपालभर रहेका शाखाहरुबाट सजिलै प्राप्त गर्न सकिन्छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

प्रकाश सपुतका प्रशंसक र अनुयायीहरुमार्फत देशमा रेमिट्यान्सको महत्व बारे ध्यान केन्द्रित गर्दै, नेपाल र विदेशमा वित्तीय समावेशीकरणलाई प्रवर्द्धन गर्ने यस कम्पनीको योजना रहेको कम्पनीले जनाएको छ । ब्राण्ड एम्बेसडर नियुक्ति कार्यक्रममा निओ मनि ट्रान्स्फरका प्रमुख कार्यकारी अधिकृत सागर खनाल भने, ‘रेमिट्यान्स सेवालाई सबै नेपालीका लागि थप किफायती र पहुँचयोग्य बनाउने हाम्रो लक्ष्यलाई प्रवर्द्धन गर्नको निम्ति प्रकाश सपुतसँग साझेदारी गर्न पाउँदा हामी निकै रोमाञ्चित छौं। प्रकाश सपुत धेरैका लागि प्रेरणा हुन् र हामी विश्वास गर्छौं कि यो साझेदारीले हाम्रो दृश्यतालाई उल्लेखनीय रूपमा बढावा दिनेछ र हाम्रो सेवालाई अझै लोकप्रिय बनाउनेछ ।’

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.