Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

सपोर्ट लघुवित्तको मुनाफा २४६.८२% ले बढ्यो,खराब कर्जा अनुपातमा उल्लेख्य कमी

Global IME Bank Limited
सपोर्ट लघुवित्तको मुनाफा २४६.८२% ले बढ्यो,खराब कर्जा अनुपातमा उल्लेख्य कमी
Nabil Bank Limited

काठमाण्डौ । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले २४६.८२ प्रतिशतको उल्लेख्य मुनाफा आर्जन गरेको छ । कम्पनीले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणमा यस्तो देखिएको हो ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीले समीक्षा अवधिसम्म ८६ लाख ४२ हजार खुद मुनाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा २४६.८२ प्रतिशतले धेरै हो । गत आवको दोस्रो त्रैमाससम्म कम्पनीको मुनाफा २४ लाख ९१ हजार रुपैयाँ थियो ।  

यस्तै, कम्पनीको सञ्चालन मुनाफा समेत वृद्धि भएको छ । समीक्षा अवधिसम्म कम्पनीको सञ्चालन मुनाफा ७२ लाख ४ हजार रुपैयाँ पुगेको छ । यो रकम अघिल्लो आवको सोहि अवधिसम्म ३३ लाख ६९ हजार रुपैयाँमा सीमित थियो ।  

अन्य वित्तीय संस्थाहरु खराब कर्जाको समस्याबाट ग्रसित भईरहदा कम्पनी भने यो घटाउन सफल देखिन्छ ।  यो अवधिसम्म कमपनीको खराब कर्जा १.५४ प्रतिशतमा सीमित भएको छ । जुन अघिल्लो आवमा ३.५३ प्रतिशत कायम थियो ।  

कम्पनीको खुद ब्याज आम्दानी पनि वृद्धि भएको छ । खुद ब्याज आम्दानीमार्फत कम्पनीले ११ करोड ४१ लाख बढी आर्जन गरेको छ । जुन अघिल्लो आवमा ९ करोड ९६ लाखमा सीमित थियो ।  

कम्पनीको प्रतिसेयर आम्दानी १८.१५ रुपैयाँ,मूल्य आम्दानी अनुपात ५५.४९ गुणा, प्रतिसेयर नेटवर्थ १५६.७९ रुपैयाँ ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १९२६.१४ रुपैयाँ र तरलता अनुपात २१.९२ प्रतिशत रहेको छ ।  

समीक्षा अवधिमा तरलतामा देखिएको सहजताले कम्पनीको सदस्य संख्या,ऋणी संख्या,निक्षेप संकलन रकम,कर्जा लगानी रकम र आम्दानीमा सन्तोषजनक वृद्धि भई कम्पनीको मौज्दात,आम्दानी र तरलतामा परिवर्त देखिएको छ ।  

कम्पनीको चुक्तापूँजी ९ करोड ५२ लाख ३८ हजार रुपैयाँ रहेको छ । 


Nepal Investment Mega Bank Limited
CG Motors
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.