काठमाण्डौ । नेपालका लागि सुजुकी ब्राण्ड चार पाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक सीजी होल्डिङ्सअन्तर्गतको अटोमोटिभ डिभिजन सीजी मोटोकर्प तथा सीजी नेक्स्टजेनले जिम्मी रारा एडभेन्चर, ‘अ राईड विथ अ कज’ सम्पन्न गरेको छ । जिम्मी मालिकहरूले जिम्मीको वास्तविक क्षमता पत्ता लगाउ सकुन् भन्ने उदेश्यका साथ सो राईड सम्पन्न भएको कम्पनीले जनाएको छ ।
गत वैशाख २३ देखि २९ सम्म सम्पन्न भएको सो राईड बुटवल, सुर्खेत, कालिकोट, रारा, जुम्ला हुदै सुर्खेतमा समापन भएको थियो । बुटवलबाट सुरु भएको रारा एडभेन्चर राईडमा मारुती सुजुकी इंडिया लिमिटेडका डिभिजनल म्यानेजर अनिल सैनीले जिम्मीको ५ दशकभन्दा लामो बिरासत र यसको अफ रोडिंग क्षमताको बारे थप प्रकाश पार्नुको साथै विश्वभरी नै जिम्मी एउटा लाइफ स्टाईल एसयूभी को रुपमा निकै लोकप्रिय भएको पनि बताए । ९० भन्दा धेरै देशहरुमा लञ्च भएको जिम्मी ३० हजारभन्दा धेरै युनिट बिक्रि भईसकेको जानकारी उनले दिए ।
सो राईडमा १० वोटा जिम्मी गाडीले सहभागीता जनाएको थियो । राईडलाई अझै अर्थपूर्ण बनाउन कालिकोट क्षेत्रस्थित सरस्वोती आधारभूत विद्यालयलाई २ लाखको सहयोग हस्तान्तरण पनि गरेको थियो । १३५ भन्दा बढी विधार्थी अध्यनरत सो विद्यालयलाई कालिकोटमा एउटा सहयोग कार्यक्रम आयोजना गरी मुलपानी –८, कालिकोटका वडा अध्यक्ष लालबहादुर विष्टको उपस्थितिमा सहयोग हस्तान्तरण गरिएको थियो ।
राईडमा सहभागि एक जिम्मी ग्राहक शिव श्रेष्ठले आफ्नो अनुभव सुनाउदै भने, ‘रारा फेरि जानु एउटा इच्छा थियो, जिम्मी मैले यसको अफ रोडिंग क्षमताका कारण खरिद गरेको हो, यो राईडमा जिम्मीको क्षमता अनुभव गर्न पाए । यो कार्यक्रममा विभिन्न क्षेत्रका अरु राईडरहरु भेट्न पाए, एउटा परिवार जस्तो भयौँ हामी, यो राईड अत्यन्त रमाइलो भयो र आगामी दिनमा पनि यस्तो कार्यक्रम आयोजना होस् भनेर कामना पनि गर्दछु ।’
कार्यक्रम बारे बोल्दै, सीजी मोटो कर्प तथा सीजी नेक्स्टजेनका महाप्रबन्धक सिरज पन्तले भने, ‘अफ रोडिंग जिम्मीको मुख्य विशेषता हो, यो एउटा लाइफ स्टाईल एसयूभी हो जसले एडभेन्चर रोज्ने ग्राहकको माग पुरा गर्दछ । यो कार्यक्रम आयोजना गर्नुको मुख्य उद्देश्य भनेको नै उहाँहरुलाई आफ्नो जिम्मीको क्षमता महसुस गरुन् र आफ्नो अनुभव एक अर्कामा आदानप्रदान गरी एउटा कम्युनिटीको रुपमा आगाडी बढोस भन्ने हो ।’

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                