आईतवार, जेष्ठ ३,२०८३ 08:22:52
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 08:22:52
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

धनुषाको धारापानीमा सहकारीको कार्यालय भवन उद्घाटन

Laxmi Sunrise Bank Limited
धनुषाको धारापानीमा सहकारीको कार्यालय भवन उद्घाटन
Shivam Cement

काठमाण्डौ । धनुषाको धनुषाधाम नगरपालिका–९, धारापानीस्थित जन जन्नी बचत तथा ऋण सहकारी संस्थाको कार्यालय उद्घाटन भएको छ । बिहिबार एक कार्यक्रमका बीच सहकारीका अध्यक्ष रेशम प्रसाद वास्तोलाको अध्यक्षता र पुर्व राज्य मन्त्री माननिय दिपक कार्की (बाबा) को प्रमुख आतिथ्यमा उक्त कार्यालयको उद्घाटन भएको हो ।  

प्रमुख अतिथि कार्कीले यस क्षेत्रमा सहकारी संस्थाले प्रभावकारी ढंगले सेवा प्रवाह गर्न नसकि सहकारी क्षेत्रनै आलोचित भएको अवस्थामा वित्तीय क्षेत्रमा लामो अनुभव भएका सञ्चालक समितिको टिमले सुरु गरेको यस संस्थाले वित्तीय अनुशासन कायम गरी प्रभावकारी ढंगले सहकारी सञ्चालन हुने विश्वास रहेको बताए । उनले यस  सहकारी संस्थाले आफ्ना सेयर सदस्यलाई स्वास्थ्यमा पहुँच पुग्ने काम गरेकोमा धन्यवाद दिँदै आगामी दिनमा सरसफाई र बृक्षारोपणमा समेत सक्रिय रही समाजमा सबैले स्वीकार्न सक्ने सहकारी बनोस भनी शुभकामना दिए ।  

Bizshala
New Office
CG Motors

प्राध्यापक गणेश घिमिरेले सञ्चालन गरेको कार्यक्रममा अध्यक्ष रेशम प्रसाद वास्तोलाले आफ्नो वित्तीय क्षेत्रको लामो अनुभवलाई सहकारीका माध्यमबाट समाज सेवामा लाग्ने र आफ्नो टिमले यस क्षेत्रका विभिन्न पालिकामा समेत सेवा विस्तार गरि जिल्लाकै उत्कृष्ट र सवल सहकारी बनाउने बताए । सहकारीले रेमिट्यान्स सेवा, कर्जा बीमा कार्यक्रम, मोवाईल बैंकिङ, एसएमएस एलर्ट सेवा जस्ता कार्यक्रम सञ्चालनमा ल्याउने र सामाजिक कार्यमा समेत सक्रिय रहने अध्यक्ष वास्तोलाले बताए ।  

कार्यलय उद्घाटन कार्यक्रमको अवसरमा काब्या हस्पिटल जनकपुरधामबाट निःशुल्क थाईराईड जाँचको शिविर संचालन गरिएकोमा १५० जनाले थाईराईड जाँच गराएका थिए । 

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.