आईतवार, असार १,२०८२ 08:55:02
  • आईतवार, असार १,२०८२ 08:55:02
Global IME Bank Limited

सम्पत्तिको मामिलामा किम जोङ उन अघि कि भ्लादिमिर पुटिन ? कोसँग छ कति सम्पत्ति ?

Hyundai Nepal
सम्पत्तिको मामिलामा किम जोङ उन अघि कि भ्लादिमिर पुटिन ? कोसँग छ कति सम्पत्ति ?
Nabil Bank Limited

काठमाण्डौ । उत्तर कोरियाली शासक किम जोङ उन पुनः चर्चामा छन् । रुसका राष्ट्रपति भ्लालिमिर पुटिन बुधबार उत्तर कोरिया प्रस्थान गरेपछि यी दुवै नेता अहिले विश्व राजनीतिमा चर्चाको केन्द्र बनेका छन् ।  

उत्तर कोरियामा पुटिनको भब्य स्वागत गरिएको छ । पुटिनले २४ वर्षपछि उत्तर कोरियाको भ्रमण गरेकाले उनको यो भ्रमणलाई विभिन्न कोणबाट अर्थपूर्ण ढंगले हेरिएको छ । दुवै देश यतिबेला अमेरिकी प्रतिबन्धमा छन् ।  

पुटिनले किम जोङलाई औरुस सिनेट नामक लक्जरी कार गिफ्ट गरेका छन् । पुटिनले किम जोङलाई कारमा घुमाउदै गरेको देखिन्छ ।  

यतिबेला यी दुवै नेताको सम्पत्तिको बारेमा चर्चा हुन थालेको छ । रुसका राष्ट्रपति भ्लादिमिर  पुटिन सम्पत्तिको मामिलामा विश्वकै धनी नेताको सूचीमा पर्ने गर्छन । फक्स बिजनेशको रिपोर्टका अनुसार पुटिनको कुल अनुमानित सम्पत्ति ७० अर्ब डलरदेखि २ सय अर्ब डलरको बीचमा रहेको छ । तथापी उनको सम्पत्तिको बारेमा यकिनका साथ भने केहि पनि खुलाइएको छेन ।  

रिपोर्टमा पुटिनको वार्षिक आम्दानी १ लाख ४० हजार डलर हुने उल्लेख गरिएको छ । उनको विलासी ज्रीवनशैलीको झलक उनको घरमा देख्न सकिन्छ । पुटिन सेन्ट पिटर्सबर्गमा रहेको ८ सय स्क्वायरफुटको महलमा बस्छन् ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसका साथै पुटिनसँग ब्ल्याक सी नजिक १.४ अर्ब डलरको प्यालेस समेत रहेको रिपोर्टमा उल्लेख गरिएको छ । यसलाई नयाँ भर्सेल्स समेत भन्ने गरिन्छ । यो दरबारमा चर्च,क्यासिनो जस्ता विश्वभरका लक्जरी सुविधाहरु उपलब्ध छन् । पुटिनको सबैभन्दा मूल्यवान वस्तुमा उनको १०० मिलियन डलरबराबरको मेगा पानी जहाज रहेको छ । जुन २७० फुट छ र यसमा जिम,स्पा लाइब्रेरी,डान्स फ्लोर जस्ता विभिन्न सुविधाहरु छन् ।  

किम जोङको सम्पत्ति कति ?

सम्पत्तिको मामिलामा किम जोङ पुटिनभन्दा पछि छन् । तर विलासी जीवनशैलीको विषयमा भने किम पनि कम छैनन् । फक्स बिजनेशको रिपोर्टका अनुसार किम जोङको कुल सम्पत्ति ५ अर्ब डलरबराबर छ । करिब ढाई करोड जनसंख्या भएको उत्तर कोरियामा किम जोङले सन् २०११ देखि राज गरिरहेका छन् । बुवा किम जोङ इलको निधनपश्चात उनले शक्ताको बागडोर आफ्नो हातमा लिएका हुन् ।  

रिपोर्टका अनुसार किम जोङको रुस,अष्ट्रिया,चीन,सिंगापुर,स्विट्जरल्याण्ड र लक्जमबर्ग जस्ता देशमा करिब २ सय बैंक खातामा मोटो रकम जम्मा छ । यस्तै उनीसँग २० वटा घर भएको र ती कुने महलभन्दा कम नभएको उल्लेख गरिएको छ । -एजेन्सी    

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.