बुधबार, बैशाख २,२०८३ 03:59:30
Bizshala
  • बुधबार, बैशाख २,२०८३ 03:59:30
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

बजारमा गिरावटका साथ साताको अन्त्य, कारोबार समेत घट्यो

Bizshala
बजारमा गिरावटका साथ साताको अन्त्य, कारोबार समेत घट्यो
Shivam Cement

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज(नेप्से )परिसूचक मा दोहोरो अंकको गिरावट आएको छ । अघिल्लो दिनको गिरावटलाई निरन्तरता दिदै आज नेप्से परिसूचक ३०.९२ अंक अर्थात १.४७ प्रतिशतले घट्दै २ हजार ६७.०१७ बिन्दुमा सीमित भएको छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.३० प्रतिशतले घटेर ३७३.६८ विन्दुमा पुगेको झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०९  कम्पनीका १ करोड १५ लाख १४ हजार ५७१ कित्ता सेयर ४ अर्ब १८ करोड ६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजार घट्नुको कारणबारे नेपाल सेयरधनी संघका उपाध्यक्ष कमलराज अधिकारी भन्छन्‘ हिजो र आज बजार घट्नुमा ब्रोकरहरुले कोल्याट्रलको लिमिट घटाउनु नै मुख्य कारण हो । ’

अधिकारीले ब्रोकरहरु नै बजार घटाउन लागिपरेको आरोप लगाए । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सकारात्मक नै आउने अधिकारी अपेक्षा गरे । ‘राष्ट्र बैंकले बजारबाट पैसा तानेको तान्यै छ । यसको अर्थ बजारमा तरलता प्रयाप्त छ भन्ने बुझिन्छ । त्यसकारण बजार घट्नुपर्ने विशेष कारण छैन ।’उनले भने ।

अर्का बजार जानकार उपेन्द्र पाठक भन्छन्‘ लगानीकर्तामा आत्मविश्वासको कमीले बजार घटेको हो । लगानीकर्ताले सेयर बजारमा लगानी गर्न कर्जा पास गरेर बसेका छन् । तर बजार २२ सय नकटेसम्म नयाँ पैसा बजारमा आउने देखिदैन । ’

पाठकका अनुसार केहि व्यक्तिहरुले बजारको विषयमा सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी गर्दा बजारमा गिरावट आएको हो ।    

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये वित्त उपसूचकमा मात्रै वृद्धि देखिएको छ । आज वित्त उपसूचक ०.२१ प्रतिशतले बढेको छ ।  

यो दिन हाईड्रो उपसूचकमा सबैभन्दा धेरै गिरावट आएको छ । आज यो उपसूचक २.३५ प्रतिशतले ओरालो लागेको छ ।  

त्यसैगरी,बैंकिङ उपसूचक १.२२,विकास बैंक १.३०,होटल ०.७७,लगानी १.२९,जीवन बीमा १.२७,उत्पादन तथा प्रशोधन १.३३,लघुवित्त १.४७,म्युचुअल फण्ड ०.२६,निर्जीवन बीमा १.१५ र अन्य उपसूचक २ प्रतिशतले घटेको छ ।    

धेरै कारोबार गर्ने कम्पनीहरु

आज कारोबार भएका कम्पनीहरुमध्ये हिमायलन रि को सबैभन्दा धेरै कारोबार भएको छ । आज यो कम्पनीको ५४ करोड बढीको सेयर कारोबार भएको छ ।  

त्यस्तै ङादी पावरको १४ करोड ९१ लाख,नेपाल पुनर्बीमा कम्पनीको १४ करोड ४४ लाख,एनआरएनको ८ करोड ६० लाख र अरुण काबेलीको ८ करोड ३३ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज कुनै पनि कम्पनीको सेयरमुल्यमा सकारात्मक सक्रिट लागेको छेन । यो दिन समाज लघुवित्तको सेयरमूल्य सर्वाधिक बढेको छ । यो कम्पनीको सेयरमूल्य ६.१० प्रतिशतले बढेको छ । रावा खोला हाइड्रोको सेयरमूल्य ३.८३ बढेको आज डोल्टी पावरको सेयरमूल्य २.९६ प्रतिशतले वृद्धि भएको छ ।  

हाइड्रो कम्पनीहरुको सेयरमूल्यमा पहिरो गएको आज सामलिङ पावरको सेयरमूल्यमा सर्वाधिक गिरावट अर्थात ९.४२ प्रतिशतको आएको छ ।  

त्यसैगरी आज मिडसोलु हाइड्रोको सेयरमूल्य ६.८८ प्रतिशत,मोलुङ हाईड्रोको सेयरमूल्य ६.४७ र थ्रिस्टार हाइड्रोको सेयरमूल्य ६.१४ प्रतिशतले घटेको छ ।  

 

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.