आईतवार, असार १,२०८२ 10:03:21
  • आईतवार, असार १,२०८२ 10:03:21
Global IME Bank Limited

बीमाका बारेमा छ कुनै दुविधा ? थाहा पाइराख्नुस् कुन उमेरमा कस्ता योजना खरिद गर्दा हुन्छ उपयुक्त ?

Hyundai Nepal
बीमाका बारेमा छ कुनै दुविधा ? थाहा पाइराख्नुस् कुन उमेरमा कस्ता योजना खरिद गर्दा हुन्छ उपयुक्त ?
Nabil Bank Limited

काठमाण्डौ । आजको बढ्दो जोखिमयुक्त समयमा बीमाको आवश्यकता र महत्व निकै बढेको छ । कोरोना महामारीको समयदेखि बीमाको महत्व झनै बढेको छ । आम रुपमा मानिसहरु एउटा बीमा पोलिसी खरिद गरेर अन्य सबै जिम्मेवारी र दायित्वलाई भुल्ने गर्छन् वा त्यहि पोलिसीको भरोसामा बस्ने गर्छन् । तर बढ्दो उमेर र बदलिदो परिवेशसँगै बीमाका आवश्यकताहरु पनि परिवर्तन भईरहन्छन् । समयको अन्तरालसँगै मानिसहरुको जिम्मेवारीहरु पनि बढ्दै जान्छन् । यस्तो अवस्थामा आफूलाई आवश्यक पर्ने उपयुक्त बीमा पोलिसी खरिद गर्नु जो कसैको पनि आवश्यकता हुन आउँछ ।  

युवा वर्गका लागि यस्ता बीमा लिन आवश्यक

आम रुपमा हेर्दा २० देखि २५ वर्षको उमेरमा अधिकांश युवाहरुले काम गर्न सुरु गर्ने गर्छन । यस्तो उमेरमा युवाहरुले जागिरका साथै बीमा पोलिसी पनि लिन आवश्यक हुन्छ । बीमा विज्ञहरुका अनुसार करियरको सुरुवाति चरणमा वित्तीय बोझहरु कम हुने गर्छन् । तथापी आमा–बुवा तथा घरको जिम्मेवारी भने प्रायःसबै युवाको हुने गर्छ ।  

त्यसैले सबैभन्दा पहिले स्वास्थ्य बीमा लिन एकदमै आवश्यक हुने गर्छ । यस्तै जागिर सुरु गर्ने समयमा अशक्ततासँग जोडिएका बीमा वा व्यक्तिगत दुर्घटना बीमा पनि लिन आवश्यक हुन्छ । आजभोलि अधिकांश युवाहरुले कार वा बाइकको प्रयोग गर्ने गर्छन् । त्यसैले युवाहरुले सवारी साधनको बीमासँगै टर्म बीमा योजनाका बारेमा समेत सोच्नु लाभदायक हुन सक्छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

२५–४० वर्षको उमेरमा कस्तो बीमा खरिद गर्ने ?

युवा वर्गको बारेमा कुरा गर्दा २५–४० वर्षको उमेरमा मानिसहरुको जीवनमा धेरै परिवर्तनहरु आउने गर्छन् । यो उमेरको बीचमा विवाह,छोराछोरी प्राप्ति साथै उनीहरुको जिम्मेवारी हरु समेत काधमा आईसकेको हुन्छ । विज्ञहरुका अनुसार यो उमेरमा बीमा पोलिसी खरिद गर्दा सबैभन्दा धेरै ध्यान पुर्याउनु पर्ने हुन्छ । किनकी यहि उमेरमा बीमाको आवश्यकता पनि सबैभन्दा धेरै हुने गर्छ । यो उमेरमा व्यक्तिले स्वास्थ्य बीमामा आफ्नो परिवारलाई पनि समावेश त गर्नैपर्छ,यसका अतिरिक्त टर्म बीमा योजना पनि लिन आवश्यक पर्छ । यदि कुनै प्रकारको होम लोन लिइएको छ भने पनि सो होम लोनलाई कभर गर्नका लागि कुनै नयाँ बीमा योजना लिनु समेत फाइदाजनक हुन सक्छ ।  

४५ देखि ५५ वर्षको उमेरमा यस्ता आवश्कता देखिन्छन्  

२५ देखि ४० वर्षको उमेरमा मानिसहरुले आम रुपमा सबैभन्दा धेरै अर्च गर्ने गर्छन् । यो उमेरमा मानिसहरुले होम लोनदेखि लिएर कयौं प्रकारका अन्य कर्जा समेत लिएका हुन्छन् । तर ४५ देखि ५५ वर्षको उमेर यस्तो हुन्छ, जुन बेला आमरुपमा यस्ता कर्जाको समयावधि सकिन थाल्छ । तर यो बीचमा अन्य प्रकारका ठूला खर्चहरु भने बढ्ने गर्छ । जसमा सबैभन्दा ठूलो खर्च भनेको सन्तानको उच्च शिक्षामा खर्च गर्नु हो । त्यसैले यो उमेरमा पनि बीमाको आवश्यकता पर्ने गर्छ । यस्तो बेला आयको सुरक्षा,ठूलो कर्जालाई कभर गर्न र भविष्यको लक्ष्यका बीमा योजना लिन आवश्यक हुने गर्छ । यस्तो समयमा टर्म इन्स्योरेन्सलाई जारी राख्न एकदमै आवश्यक हुने गर्छ । यसका अलावा कुनै प्रकारको पेन्सन योजनाका बारेमा पनि सोच्न सकिन्छ । यो उमेरमा राम्रो स्वास्थ्य बीमा योजना हुन पनि एकदमै आवश्यक हुने गर्छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.