आईतवार, जेष्ठ ३,२०८३ 02:32:33
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 02:32:33
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

आर्थिक पुनरुत्थान निजी क्षेत्रको मनोबल बढाउनमा निर्भर: अध्यक्ष ढकाल

Laxmi Sunrise Bank Limited
आर्थिक पुनरुत्थान निजी क्षेत्रको मनोबल बढाउनमा निर्भर: अध्यक्ष ढकाल
Shivam Cement

काठमाण्डौ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्र अहिले समस्यामा रहेको र आर्थिक पुनरुत्थानले निजी क्षेत्रको मनोबल बढाउनुपर्ने बताएका छन्। महासंघको प्रतिनिधिमण्डलसँग बुधबार भएको कार्यक्रममा उनले अर्थतन्त्र सुधारका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताएका हुन्। 

ढकालले उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेललाई अहिले आर्थिक निकायबीच समन्वय नभएको र अर्थतन्त्र सुधार गर्न निजी क्षेत्रको सहभागितामा आर्थिक सुधार आयोग वा अन्य कुनै संयन्त्र आवश्यक रहेको बताए। 

Bizshala
New Office
CG Motors

ढकालले डेडिकेटेड फिडर र ट्रंक लाइनको समस्या छिट्टै समाधान गर्न पनि मन्त्री पौडेललाई आग्रह गरे। उनले यो समस्याले उद्योगलाई ठूलो असर पारेको र उत्पादनमूलक गतिविधिहरु संकुचित भएको बताए। उद्योगले क्षमताअनुसार चल्न नसकेको उनले सुनाए।

ढकालले अर्थतन्त्र संकुचित भएपछि मुलुकमा रोजगारी सिर्जनामा ​​समेत असर परेको बताए। उनले नेपाल राष्ट्र बैंकको तथ्यांकले मुद्रास्फीति ४ दशमलव १७ प्रतिशतमा झरेको देखेपनि वास्तविकतामा कोभिड–१९ यता ७ प्रतिशतको दरले बढ्दै गएको बताए। जसका कारण जनताको क्रयशक्तिमा ह्रास आएको बताउँदै उनले बजारको माग पनि घटेको बताए।

ढकालले मन्त्री पौडेललाई आर्थिक गतिविधि पनि बढ्ने गरी बजारको माग बढाउन मद्दत गर्ने नीति ल्याउन आग्रह गरे। ढकालले मन्त्री पौडेललाई कर्जाको ब्याजदर घटे पनि उद्योगी र उद्यमीले लगानी गर्न नचाहेको बताए। 

त्यसैले रेमिट्यान्सबाट देश भित्रिएको पैसा बैंक तथा वित्तीय संस्थामा थुप्रिएको छ। कम ब्याजदर मात्रै लगानीका लागि प्रोत्साहन होइन भन्ने देखाएको उनले थपे।

ढकालले उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले स्थापित व्यवसायीले मात्रै लगानी नगर्ने, नयाँ उद्यमी पनि लगानी गर्न डराइरहेको बताए।  विगतमा हामीले अपनाएका गलत नीतिको परिणाम हो, उनले नीतिगत सुधार गरेर लगानीमैत्री वातावरण बनाउन मन्त्री पौडेललाई आग्रह गरे।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.