बुधबार, श्रावण १४,२०८२ 05:32:42
  • बुधबार, श्रावण १४,२०८२ 05:32:42
Global IME Bank Limited

निफ्राको १० लाख कित्ता संस्थापक सेयर बिक्री गर्दै एनआईसी एशिया बैंक, न्यूनतम मूल्य कति ?

Hyundai Nepal
निफ्राको १० लाख कित्ता संस्थापक सेयर बिक्री गर्दै एनआईसी एशिया बैंक, न्यूनतम मूल्य कति ?
Shivam Cement

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा)को संस्थापक सेयर लिलामी मार्फत बिक्रीमा राख्ने भएको छ । बैंकले निफ्राको १० लाख कित्ता संस्थापक सेयर साउन ८ गतेदेखि बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राख्न लागेको हो ।  

इच्छुक लगानीकर्ताले आगामी साउन १५ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०१ रुपैयाँ निर्धारण गरिएको छ ।  

Muktinath Bikas Bank Limited

सेयर खरिदका लागि बोलपत्र पेश गर्दा न्यूनतम ५ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ। यो सेयर खरिदका लागि विद्यमान संस्थापक वा जोसुकै कम्पनी व्यक्ति वा संघसंस्थाहरुले आवेदन दिन सक्नेछन् ।    

सेयर बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। बोलपत्र आवेदन काठमाण्डौको बबरमहलस्थित एनआईसी एशिया क्यापिटलको कार्यालय वा थापाथलीस्थित एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालयसँगै विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र सुर्खेत शाखा कार्यालयमा बुझाउन सकिनेछ। 

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.