आईतवार, जेष्ठ ३,२०८३ 07:55:41
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 07:55:41
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

स्वदेशमै गरिने स्याहार कामको रकम अर्थतन्त्रमा गणना हुनुपर्छः उपाध्यक्ष वैद्य

Laxmi Sunrise Bank Limited
स्वदेशमै गरिने स्याहार कामको रकम अर्थतन्त्रमा गणना हुनुपर्छः उपाध्यक्ष वैद्य
Shivam Cement

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्यले स्वदेशमै गरिने स्याहार कामको रकम अर्थतन्त्रमा गणना हुनुपर्नेमा जोड दिएका छन्। नेपाल उद्योग वाणिज्य महासंघद्वारा “निजी क्षेत्रमा स्याहार अर्थतन्त्रको सान्दर्भिकता” विषयमा मधेश प्रदेशका रोजगारदाताहरुका लागि वीरगञ्ज आयोजित तीन दिने तालिमको बुधबार उद्धघाटन समारोहमा वैद्यले सो कुरा राखेका हुन्।

Bizshala
New Office
CG Motors

वैद्य सो उद्धघाटन समारोहका प्रमूख अतिथि थिए। उद्धघाटन कायक्रममा बोल्दैँ प्रमुख अतिथि सुरकृष्ण सुरकृष्ण वैद्यले स्याहार तालिम आयोजना हुनुको प्रमुख उद्देश्य रोजगारदाताहरुलाई स्याहार काम के हो यसको अर्थतन्त्रमा योगदान बिषयबारे जानकरी गराउनका साथै स्याहार म्यानुअलका लागि सुझाव संकलन गर्नु रहेको बताएका थिए।

त्यस्तै, स्याहार कामको लागि वैदेशिक रोजगारीमा जानेले पठाउने रकम अर्थतन्त्रमा गणना हुने भएता पनि स्वदेशमै गरिने स्याहार कामको गणना नहुने गरेको र अनौपचारिक क्षेत्रमा हुने यस्ता कामको पनि गणना गर्ने काममा सरकार सँगसँगै निजी क्षेत्र र यसका सरोकारवालाहरुको उत्तिकै जिम्मेवारी रहेकाले अन्तर्राष्ट्रिय श्रम सङ्गठको सशक्त महिला सम्बृद्ध नेपाल परियोजाना सँगको सहकार्यमा मधेश, कर्णाली र सुदुरमश्चिम प्रदेशहरुमा कार्यक्रम गरिदै आईरहेको बताए।

त्यसैगरी, अन्तरास्ट्रिय श्रम संगठन नेपालका Technical Expert on Inclusive Growth अक्साना लिप्कानुले परियोजनाको शिर्षकले नै सशक्त महिला सम्बृद्ध नेपाल शिर्षकले नै महिला तथा बालिका केन्द्रित रहेको जस्तो देखिएता पनि त्यो नभएर श्रम बजार र व्यवसायको प्रवर्द्धन पनि रहेको बारे प्रस्ट्याउनु भएको थियो। 

त्यसैगरी,महासंघका केन्द्रीय सदस्य तथा ब्यापार समिति सदस्य सुबोध गुप्ताले वीरगञ्ज नगर सफा भएको तथापि सडकमा व्यवसाय गर्ने महिलाको व्यवसायको सुरक्षा नभएकोले त्यसको सुनिश्चित नहुँदा उनीहरुको जीविकोपार्जनमा असर परेको बारेमा बताए। 

कार्यक्रममा महासंघका केन्द्रीय सदस्य एवं कृषि उद्यम केन्द्रका सभापति डीबी बस्नेतले स्याहार कामको गणना आफ्नै घरबाट सुरु हुन पर्ने बिषय भएको बताए। तीन दिने तालिम उद्धघाटन कार्यक्रम नेउवामहासंघ मधेस प्रदेशका अध्यक्ष अशोक टेमानीको अध्यक्षतामा सम्पन्न भएको  थियो।  

प्रदेश अध्यक्षका तर्फबाट सबै सहभागीहरुलाई स्वागत गर्दै यी र यस्ता पैरवीका कार्यक्रमहरु संगै सरकार र महासंघले श्रम संरक्षणका कार्यक्रमलाई पनि महत्तोदिन पर्नेमा जोड भएको  दिएका थिए भने कार्यक्रमको उद्देश्य बारे महासंघका सहायक निर्देशक हरि पौडेल र अन्तर्राष्ट्रियश्रम संगठन नेपालका राष्ट्रिय परियोजना संयोजक कृपा बस्न्यातले प्रकाश पारेका थिए। 

कार्यक्रममा जिल्ला नगर उद्योग वाणिज्य संघ, ब्यवासायीक प्रथिस्थानका साथै श्रम रोजगार कार्यालय, वीरगञ्ज नगरपालिकाबाट झन्डै करिब ६५ जनाको उपस्थिति रहेको थियो।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.