सोमबार, बैशाख २२,२०८२ 03:46:49
IME remit
  • सोमबार, बैशाख २२,२०८२ 03:46:49
IME remit
Global IME Bank Limited

सस्तो सेयरभाउ भएका ११ वाणिज्य बैंक, कुनमा लगानी गर्दा उचित ?

Hyundai Nepal
सस्तो सेयरभाउ भएका ११ वाणिज्य बैंक, कुनमा लगानी गर्दा उचित ?
Nabil Bank Limited

काठमाण्डौ । सेयरबजार बढ्न थालेपछि सेक्टरवाइज सबै कम्पनीहरु चल्न थालेका छन् । बजारमा हाई र लो क्याप भएका कम्पनीहरुको सेयरभाउ केही प्रतिशत भएपनि बृद्धि भएको छ ।

लामो समयसम्म सेयरभाउ बढ्न नसकेका वाणिज्य बैंकहरुको सेयरमूल्य पनि प्रतिशतका आधारमा उल्लेख्य बढेको छ । मौद्रिक नीति सार्वजनिक भएपछि विशेषगरी वाणिज्य बैंकहरुको सेयरमूल्य अप्रत्याशित रुपले बढेको देखिन्छ ।  

केही महिनाअघि अंकित मूल्यकै हाराहारीमा रहेका वाणिज्य बैंकका सेयरमूल्य अहिले २ सय भन्दा बढी पुगिसकेको छ । गत आर्थिक वर्ष बैकिङ्ग प्रणालीमा तरलता अभावसँगै आर्थिक मन्दीका कारण सेयरबजारमा शिथिलता देखिएको थियो । सेक्टरवाइज हाइड्रो, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, बीमा जस्ता समूह चलेपनि वाणिज्य बैंक समूह चम्किन सकेको थिएन । करिब एक दर्जन बाणिज्य बैंकको सेयरमूल्य घटेर आईपीओकै मूल्यमा आईसकेको थियो ।  

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

तर, गत असार महिनामा सत्ता समिकरण परिवर्तनसँगै अर्थमन्त्रीमा विष्णु प्रसाद पौडेलको आगमनसँगै सेयरबजारले एकाएक लय समात्न थाल्यो । बुलिस ट्रेन्डको लय समात्न थालेको बजारमा आव २०८१÷८२ को मौद्रिक नीति सार्वजनिकपछि बजार आक्रामक बढ्न टेवा पुग्यो ।  

बजार बढ्न थालेको एक महिना पुगेको छ । एक महिनाको अन्तरालमा ६ कारोबार दिन मात्रै नेप्से इन्डेक्स घटेको छ भने बाँकी कारोबार दिन हराभरा भएको छ । नेप्से परिसूचक बढेसँगै वाणिज्य बैंकका सेयरमूल्य पनि बृद्धि भएको छ । एक महिनाअघि सय रुपैयाँ आसपास सेयरभाउ रहेका वाणिज्य बैंकहरुको मूल्य यतिबेला दुईसय रुपैयाँ भन्दा बढी छ ।  

नेप्सेमा सूचीकृत १९ वटा वाणिज्य बैंकमध्ये ११ वटा बैंकको सेयरभाउ यतिबेला २ सय वा सो आसपासमा रहेको छ । प्रभु, सिटिजन्स इन्टरनेशनल, ग्लोबल आइएमई, हिमालयन, कुमारी, लक्ष्मी सनराइज, माछापुच्छ्रे, नेपाल, नेपाल इन्भेष्टमेन्ट मेगा, एनएमबी र प्राइम कमर्सियल बैंकको सेयरभाउ २ सयको हाराहारीमा छ ।  

यतिबेला बजारमा हाई क्याप भएका कम्पनीहरु पनि चल्न थालेका छन् । हाई क्याप भएका सस्तो कम्पनीमा अधिकांश वाणिज्य बैंक पर्दछन् । पुराना तथा भर्खरै बजार प्रवेश गरेका नयाँ लगानीकर्ताहरुलाई अहिलेको बजारमा सस्तो वाणिज्य बैंकहरु किन्ने अवसर हुन सक्छ ।  

तर त्यसको लागि लगानीकर्ताले बैंकको वित्तीय अवस्था तथा आधारभुत पक्ष विश्लेषण गर्न जरुरी हुन्छ । सस्तोमा पाइयो भन्दैमा झट्टै लगानी गर्दा पनि जोखिम हुन सक्ने भएकाले आफ्नो लगानीबाट कस्तो रिटर्न पाउन सकिन्छ भनेर लगानीकर्ताले अध्ययन गर्न जरुरी हुन्छ । विजशाला डटकमले गत आर्थिक वर्षको वित्तीय विवरणको आधारमा सस्तो सेयरमूल्य रहेका ११ वटा वाणिज्य बैंकमध्ये कुन बैंकमा लगानी गर्दा उचित हुन सक्छ भन्ने रिर्पोट तयार पारेको छ । तर यो अध्ययन लगानीकर्तालाई कुनै पनि कम्पनीको सेयर खरिद गर्न सिफारिस गरिएको भने होइन ।  

खुद ब्याज आम्दानीको आधारमा  

वाणिज्य बैंकहरुले राष्ट्र बैंकबाट कर्जा लिइ वा निक्षेपकर्ताबाटै निक्षेप संकलन गरी सोही रकम आफ्ना ग्राहकमा कर्जा प्रवाह गरेको हुन्छ । कर्जा प्रवाह गरी बैंकले सीमित ब्याज ग्राहकमार्फत असुली ब्याज आम्दानी गरेको हुन्छ । बैंकले यस्तो ब्याज आम्दानी विभिन्न क्षेत्रमा लगानी गरी खुद नाफा आर्जन गरेको हुन्छ । गत आर्थिक वर्षमा सर्वाधिक खुद ब्याज आम्दानी गर्ने बैंकमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेको छ । बैंकले ४३ अर्ब ६  करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।  

खुद नाफाको आधारमा  

दोस्रो बजारमा लगानी गर्नुअघि लगानीकर्ताले सबैभन्दा थाहा पाउनुपर्ने सूचक भनेको खुद नाफा हो । सम्बन्धित कम्पनीले कति नाफा कमाइरहेको छ, त्यसको जानकारी लगानीकर्तामा हुनुपर्छ । यदि नाफा नकमाई घाटामा गएको छ भने त्यस्तो कम्पनीमा लगानी गर्दा जोखिम हुन सक्छ । गत आवमा सर्वाधिक नाफा कमाउनेमा ग्लोबल आइएमई बैंक रहेको छ । बैंकले ६ अर्ब १ करोड ६२ लाख रुपैयाँ नाफा कमाएको छ ।  

वितरणयोग्य मुनाफाको आधारमा  

वाणिज्य बैंकहरुले वित्तीय रिर्पोटमा वितरणयोग्य मुनाफा सूचक छुट्याएका हुन्छन् । सोही सूचकको आधारमा कुन बैंकले सेयरधनीलाई कतिसम्म लाभांश दिन सक्छ, त्यो थाहा पाउन सकिन्छ । गत आर्थिक वर्षमा सर्वाधिक प्रभु बैंकले वितरणयोग्य मुनाफा छुट्याएको छ । बैंकले ४ अर्ब ४८ करोड रुपैयाँ वितरणयोग्य मुनाफा छुट्याएको छ ।  

लाभांश क्षमताको आधारमा  

बैंकहरुले छुट्याएको वितरणयोग्य मुनाफा बैंकको चुक्तापुँजीको आधारमा मात्र लाभांश क्षमता मापन हुन्छ । चुक्तापुँजी थोरै र वितरणयोग्य मुनाफा धेरै भएमा मात्रै लाभांश क्षमता बढी देखिन्छ । वितरणयोग्य मुनाफा बढी भएपनि चुक्तापुँजी धेरै छ भने लाभांश क्षमता कम देखिन्छ । गत आवको वितरणयोग्य मुनाफा र चुक्तापुँजीलाई मापन गर्दा सबैभन्दा बढी लाभांश क्षमता प्राइम कमर्सियल बैंकको देखिएको छ । बैंकले गत आवको मुनाफाबाट सेयरधनीलाई ६.१८ प्रतिशतसम्म लाभांश दिन सक्ने देखिन्छ ।  

ईपीएसको आधारमा  

दोस्रो बजारमा कुनै कम्पनीको सेयरमा लगानी गर्नुअघि लगानीकर्ताले बुझ्नैपने अर्को सूचक भनेको प्रतिसेयर आम्दानी (ईपीएस)पनि हो । करपछिको नाफालाई कुल सेयर संख्याले भाग गर्दा आउने प्रतिफललाई नै प्रतिसेयर आम्दानी भनिन्छ । यो सूचकले कम्पनीको मुनाफा आर्जनको क्षमता देखाउने हुँदा कम्पनीको आधारभुत पक्षको विश्लेषणको प्रमुख सूचकको रुपमा लिइन्छ । गत आवमा सर्वाधिक ईपीएस ग्लोबल आइएमई बैंकको रहेको छ । बैंकको ईपीएस २६.०९ रुपैयाँ छ ।  

प्रतिसेयर नेटवर्थको आधारमा  

प्रतिसेयर नेटवर्थ (बुकभ्यालु) पनि प्रमुख सूचक मानिन्छ । प्रतिसेयर नेटवर्थबाट कम्पनीले दायित्व तिर्न सकिरहेको छ या छैन बुझ्न सकिन्छ । यो दरमा बृद्धि हुनु नै राम्रो मानिन्छ । नेटवर्थ बृद्धिदरले कम्पनीको दायित्व घटिरहेको बुझ्न सकिन्छ । गत आवमा सबैभन्दा धेरै नेटवर्थ नेपाल बैंकको २५७.५७ रुपैयाँ रहेको छ ।  

पीई रेसियोको आधारमा  

मूल्य आम्दानी अनुपात (पीई रेसियो) सेयर लगानीकर्ताका लागि महत्वपूर्ण हुन्छ । यो सूचकले कम्पनीले कमाएको १ रुपैयाँलाई लगानीकर्ताले कति रुपैयाँ तिरिरहेका छन् भन्ने देखाउँछ । यो अनुपात १८ देखि २५ को हाराहारीमा भए राम्रो मानिन्छ । पीई रेसियो धेरै भएमा सिद्धान्तको आधारमा राम्रो मानिदैन । गत आर्थिक वर्षमा सबैभन्दा कम पीई रेसियो प्रभु बैंकको ८.६ गुणा रहेको छ ।  

एनपीएलको आधारमा  

यदि बैंकको सेयरमा लगानी गदै हुनुहुन्छ भने सोही बैंकको खराब कर्जा अनुपात (एनपीएल) बुझ्नु जरुरी हुन्छ । यदि बैंकको एनपीएल बढी भएमा सो बैंकको खुद ब्याज आम्दानी र नाफा प्रभावित बन्न सक्छ । गत आर्थिक वर्षमा सबैभन्दा थोरै एनपीएल नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १.२१ प्रतिशत छ ।

 

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.