आईतवार, असार १,२०८२ 09:05:26
  • आईतवार, असार १,२०८२ 09:05:26
Global IME Bank Limited

जापानको अर्थतन्त्रले गर्यो पुनरागमन, ब्याजदर अझै बढ्न सक्ने

Hyundai Nepal
जापानको अर्थतन्त्रले गर्यो पुनरागमन, ब्याजदर अझै बढ्न सक्ने
Nabil Bank Limited

काठमाण्डौ । जापानको अर्थतन्त्र अपेक्षा गरेभन्दा तीव्र गतिमा वृद्धि भएको छ । वर्षको दोस्रो त्रैमाससम्म जापानको अर्थतन्त्रमा ३.१ प्रतिशतको वार्षिक वृद्धि देखिएको छ ।  

उपभोगमा देखिएको बलियो सुधार र ब्याजदर बढाउने निर्णयका कारण कमजोर वृद्धिका साथ वर्षको सुरुवात गरेको जापानको अर्थतन्त्रले बलियो बाउन्सब्याक गरेको हो ।  

जापानको केन्द्रीय बैंक,‘बैंक अफ जापान’ले अर्थतन्त्रमा देखिएको सुधारले मुद्रास्फितीलाई २ प्रतिशत कायम राख्ने लक्ष्य हासिल गर्नमा सहयोग पुर्याउने जनाएको छ । यसले ब्याजदर बढाउने निर्णलाई समेत न्यायोचित ठहराएको बैंक अफ जापानले दाबी गरेको छ । 

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

मिडियन मार्केट फोरकास्टको तुलनामा जापानको जीडीपी बढेको छ । यसले बैंक अफ जापानलाई ब्याजदर बढाउने निर्णय लागू गर्न र थप ब्याजदर बढाउन सहयोग त गर्नेछ तर गत महिना ब्याजदर बढाउने निर्णय गरेपछि येनमा आएको गिरावटका कारण ब्याजदर बढाउँदा सावधानी अपनाउनुपर्ने समेत देखिएको विज्ञहरुले बताएका छन् ।  

अर्थतन्त्रको आधि भन्दा बढी हिस्सा आगटेको निजी उपभोग १ प्रतिशतले बढेको छ । जुन महिनामा करमा गरिएको कटौती र अगस्ट महिनामा विद्युत र ग्यास बिलमा दिइएको अनुदानका कारण उपभोग अझै बढ्ने अनुमान अर्थशास्त्रीहरुले गरेका छन् । यसका साथै, कम्पनीहरुले कर्मचारीको तलबमा गरेको वृद्धिका कारण पनि उपभोक्ताहरुको खर्च गर्ने क्षमता बढिरहेको छ ।  

जापानका पर्यटकहरुको आगमन बढ्नुले पनि खुद्रा बिक्रीमा सुधार आएको छ । पर्यटकहरुले गर्ने खर्च यो वर्ष ५४.७४ अर्ब डलर  पुग्ने अनुमान गरिएको छ ।  

यस्तै जापानको पूँजीगत खर्च पनि ०.९ प्रतिशतले बढेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.