मंगलवार, असार ३,२०८२ 04:03:08
  • मंगलवार, असार ३,२०८२ 04:03:08
Global IME Bank Limited

घनश्याम विश्वकर्मा ग्लोकल टिन हिरो नेपाल २०२४ उपाधिबाट सम्मानित

Hyundai Nepal
घनश्याम विश्वकर्मा ग्लोकल टिन हिरो नेपाल २०२४ उपाधिबाट सम्मानित
Nabil Bank Limited

काठमाण्डौ । ग्लोकल प्रालिद्वारा आयोजित ‘ग्लोकल टिन हिरो २०२४’ रुकुमका १९ वर्षीय कार्यकर्ता घनश्याम विश्वकर्माले,जित्न सफल भएका छन् । गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टिन हिरोले विगत दशकदेखि विभिन्न क्षेत्रमा विशिष्टता हासिल गर्ने तथा समुदायमा महत्वपूर्ण योगदान दिएका किशोर किशोरीहरुलाई सम्मानित गर्दै आएको छ ।  

ग्लोकल टिन हिरो नेपालले किशोर किशोरीहरूको सृजनात्मकता, उत्साह र योगदानलाई गहिरो रूपमा कदर गर्दै उनीहरूलाई ग्लोबल र लोकल डोमेनमा सकारात्मक परिवर्तन ल्याउन उत्प्रेरित गर्ने लक्ष्य राखेको छ । शिक्षा, उद्यमशीलता, कुटनीति, एवम अन्य विविध क्षेत्रका व्यक्तित्वहरुको उपस्थितीमा आज अवार्ड कार्यक्रमको बीच ग्लोकल टीन हिरो नेपाल, २०२४ को घोषणा द् सोल्टी होटल काठमाण्डौमा गरिएको हो।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टिन हिरोका अन्तिम ६ प्रतिस्पर्धी आशिष पन्थी, प्राविधिक शिक्षक, कपिलवस्तु;निश्चल भट्टराई, शैक्षिक कार्यकर्ता, स्याङ्जा;पूर्णिमा तिम्सिना, बालअधिकार कार्यकर्ता, झापा;सजनीशर्मा, सामाजिक कार्यकर्ता, कास्की र श्रीजय सुवेदी,प्राविधिक उत्साही, पर्साबीच ग्लोकल टीन हिरो चयन गरिएको थियो ।  

घनश्याम विश्वकर्मा एक सामाजिक कार्यकर्ता हुन् । जो रुकुमबाट बालबालिका र किशोरकिशोरीहरूको अधिकार र भलाइका लागि आठ वर्षभन्दा बढी समयदेखि अभियान चलाउँदै आएका छन् । बालअधिकार, मानसिक स्वास्थ्य, जलवायु र बालविवाहको विरुद्धको संघर्षमा उनको समर्पणले समाजमा महत्वपूर्ण प्रभाव पारेको छ । राष्ट्रिय किशोर किशोरीबाल नेटवर्क नेपालका अध्यक्षको रूपमा, उनी बालअधिकारको वकालतलाई अगाडि बढाउन प्रतिबद्ध छन् । उनी विभिन्न संघ–संगठनहरूसँग सहकार्य गर्दै यौन र प्रजनन अधिकार, मानसिक स्वास्थ्य, जलवायु न्याय, र अनलाइन सुरक्षा जस्ता महत्वपूर्ण मुद्दाहरूको सम्बोधन गर्छन् ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.