Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

पर्यटन बोर्ड र एसटीएलआरपी तथा एनटीभीएको पर्यटक सवारीका सहकार्यमा चालक सहचालकलाई तालिम

Global IME Bank Limited
पर्यटन बोर्ड र एसटीएलआरपी तथा एनटीभीएको पर्यटक सवारीका सहकार्यमा चालक सहचालकलाई तालिम
Nabil Bank Limited

काठमाण्डौ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम यूएनडीपीद्वारा संयुक्त रुपमा सञ्चालित परियोजना जीविकोपार्जनका पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) को सहयोग तथा नेपाल पर्यटन यातायात व्यवसायी संघको (एनटीभीए) संगको सहकार्यमा पर्यटक सवारीका चालक तथा सहचालकका लागि तीन दिवसीय क्षमता अभिवृद्धि प्रशिक्षण काठमाण्डौमा सम्पन्न भएको छ।

तालिममा २५० जना प्रशिक्षार्थीको सहभागिता थियो। तालिममा सैद्धान्तिक र व्यावहारिक विषयवस्तुको संयोजनसहित यातायात सुरक्षा, जोखिम, ट्राफिक ज्ञान, पर्यटन व्यवहारलगायतका विषयमा प्रशिक्षण दिइएको थियो। 

पर्यटनमा यातायात क्षेत्र पर्यटकसँग प्रत्यक्ष सरोकार राख्ने क्षेत्र भएको, चालक तथा सहचालकको व्यवहार हेरेर पनि पर्यटकले देशप्रतिको दृष्टिकोण बनाउने हुनाले उनीहरुलाई प्रशिक्षित गर्न आवश्यक रहेको महसुस गरी तालिमको आयोजना गरिएको थियो। तालिम फलदायी भएको नेपाल पर्यटन बोर्डका निर्देशक तथा परियोजनाका राष्ट्रिय कार्यक्रम संयोजक मणिराज लामिछानेले जानकारी दिए। 

तालिममा हरेक दिन फरक–फरक समूहलाई प्रशिक्षण दिइएको परियोजनाको जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) का जीविकोपार्जन विज्ञ धर्म दवाडीले जानकारी दिए। 

एनटीभीएले पनि समय–समयमा चालक सहचालकहरुका लागि अभिमुसखकरण तालिम आयोजना गर्ने गरेको भए पनि अहिले एकैपटक यति ठूलो संख्यामा सहभागिलाई तालिम प्रदान गरिएको हो। तालिम प्रभावकारी भएको एनटीभीएका अध्यक्ष सन्तोष न्यौपानेले बताए। 

एनटीभीएका संस्थापक अध्यक्ष रामहरि शर्माले संस्थाले समय समयमा यस्ता तालिम आयोजना गरे पनि कोभिडपछि जनशक्ति पलायन भएको अवस्थामा आयोजित तालिमले नयाँ चालक सहचालकलाई पर्यटकीय व्यवहार र अन्य टापिकक ज्ञान बढ्ने बताए। 

तालिमका सहभागीहरुले समेत तालिम व्यवहारिक भएको र यसले आफूहरुमा कामप्रतिको जिम्मेवारी बोध बढाएको प्रतिक्रिया दिए। 

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

Nepal Investment Mega Bank Limited
CG Motors
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.