Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

पर्यटन बोर्ड/एसटीएलआरपीले पायो पाटा गोल्ड अवार्ड

Global IME Bank Limited
पर्यटन बोर्ड/एसटीएलआरपीले पायो पाटा गोल्ड अवार्ड
Nabil Bank Limited

काठमाण्डौ । नेपाल पर्यटन बोर्ड तथा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)सँगको सहकार्यमा सञ्चालित जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी)ले प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) गोल्ड अवार्ड–२०२३ प्राप्त गरेको छ। 

पर्यटनका माध्यमबाट महिला सशक्तीकरणमा गरेको पहलकदमी दिगोपन तथा सामाजिक उत्तरदायित्वको लागि पाटाले नेपाल पर्यटन बोर्ड/एसटीएलआरपीलाई पाटा गोल्ड अवार्ड २०२३ पदान गरेको हो। पाटा हेडक्वाटरले हिजो विज्ञप्ति जारी गर्दै यो अवार्ड प्रदान गरेको जानकारी दिएको हो।

यो परियोजनाले यसअघि २०२२ मा पनि टुरिजम डेस्टिनेसन रेसिलेन्सी विधाअन्तर्गत पाटा गोल्ड अवार्ड प्राप्त गरेको थियो। यस्तै २०२३ मा पनि पाटाबाट स्पेसल पाटा अवार्डसमेत प्राप्त गरेको थियो।  

सन् १९९५ बाट सुरु भएको यो अवार्ड यसपालि विभिन्न २३ वटा संघसंस्थालाई विभिन्न विधामा प्रदान गरिएको छ। यो पुरस्कार अक्टोबर ५ मा नयाँदिल्लीमा आयोजना हुने पाटा टार्भल मार्ट २०२३ को अवसरमा प्रदान गरिने नेपाल पर्यटन बोर्डका निर्देशक तथा परियोजनाका राष्ट्रिय कार्यक्रम संयोजक मणिराज लामिछानेले जानकारी दिए। 

पाटा अवार्ड प्राप्त गर्नुले परियोजनाले गरिरहेका कामको मूल्यांकन भएको र बोर्डलाई थपकार्य गर्ने प्रोत्साहन मिलेको नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख (सीईओ) तथा परियोजनाका राष्ट्रिय निर्देशक डा.धनञ्जय रेग्मीले बताए। ‘हामीले कोभिडको असरसँगै पर्यटकको उद्धारदेखि जनशक्ति विकास तथा केही पूर्वाधार विकासमा कार्यहरु निरन्तर गर्दै आइरहेका छौँ’, उनले भने, ‘यसले थोरै भए पनि जनशक्ति उत्पादन तथा रोजगारी सिर्जनामा सहयोग गरेको छ। हामीले गरेका कामहरुले मुल्याङ्कन गर्दै निरन्तर विभिन्न अन्तर्राष्ट्रिय अवार्डहरु प्राप्त गरेका छौँ। यसले हामीलाई थप कार्य गर्न प्रोत्साहन मिलेको छ।’ 

यस्तै पर्यटकको खोज तथा उद्धारमा खोजमा गरेको योगदानको कदर स्वरुप पनि बोर्डले विभिन्न राजदूतावास तथा अन्तर्राष्ट्रिय संस्थाहरुबाट सम्मान प्राप्त गरेको थियो। 

बोर्डले यूएनडीपीसँगको सहकार्यमा सुरु गरेको परियोजनाले लगातार २ वर्ष यस प्रकारको अवार्ड प्राप्त गर्दा यूएनडीपी खुसाी रहेको प्रतिक्रिया दिँदै यूएनडीपीका पोर्टफोलियो म्यानेजर कल्पना सरकारले यस प्रकारका तालिमले पर्यटनमा भएको महिला सहभागिताको ग्याप कम गर्नुका साथै अल्पसंख्यक अप्लसंख्यकहरुलाई समेत कामको अवसर प्रदान गरेको बताइन्। उनले पर्यटनमा भएको महिला जनशक्ति अभाव तथा समावेशीताको पक्षलाई समेत ध्यानमा राख्दै यूएनडीपीले आउँदा दिनमा समेत सहकार्य गर्ने बताइन्। 

बोर्ड तथा एसटीएलआरपीले कोभिड–१९ पछि महिला तथा अन्य पर्यटन मजदुरको क्षमता अभिवृद्धिसहित पर्यटकीय गन्तव्य निर्माणमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ। यसअन्र्तगत महिलाहरुका लागि रिभर गाइड, यौनिक तथा लैंगिक अल्पसंख्यकका लागि टे«किङ गाइडलगायतका विभिन्न तालिम तथा पर्यटनसँग सम्बनिधत विभिन्न विधाका गाइड म्यानुयलहरु तयार गर्दै आइरहेको छ। परियोजनाले अहिलेसम्म करिब १ हजार महिलालाई विभिन्न प्रकारका तालिम प्रदान गरेको परियोजनाले जनाएको छ। 

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

Nepal Investment Mega Bank Limited
CG Motors
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.