IME remit
  • शुक्रबार, कार्तिक १४,२०८२ 12:40:15
IME remit
Global IME Bank Limited

मुकेश अम्बानीबाट हर्ष गोयनकाले सिके सफलताका यी ३ मंत्र

Hyundai Nepal
मुकेश अम्बानीबाट हर्ष गोयनकाले सिके सफलताका यी ३ मंत्र
Shivam Cement

काठमाण्डौ । अर्बपति व्यापारी तथा आरपीजी ग्रुपका अध्यक्ष हर्ष गोयन्का सामाजिक सञ्जालमा निकै सक्रिय छन् । उनले सामाजिक सञ्जालमा बेलाबेलामा पोष्ट गर्ने विषयहरु चर्चामा आउने गर्छ ।  

यस्तोमा सामाजिक प्लेटफर्म एक्समा उनको एउटा पोष्ट अहिले निकै भाइरल भइरहेको छ । यस पोस्टमा उनले दिग्गज व्यापारी मुकेश अम्बानीसँगको कुराकानीबाट आफूले सधैं धेरै कुरा सिकेको बताएका छन् ।  

उनले यो पोस्टमा एउटा भिडियो सेयर गरेका छन् । यो भिडियो मुकेश अम्बानीको भाषण हो। ४२ सेकेन्डको भिडियोमा अम्बानीले आफ्नो जीवन सिकाइका तीनवटा कुरा बताइरहेका छन् । यो भिडियो पोस्ट गर्दै हर्ष गोयन्काले मुकेश अम्बानीबाट ३ वटा कुर सिक्न सकिने बताएका छन् ।  

 

 

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

मुकेश अम्बानीबाट सिकेका ३ पाठ  

हर्ष गोयन्काले भिडियोमा मुकेश अम्बानीले उल्लेख गरेका ३ वटा कुरालाई आफ्नो सफलताको मन्त्र मानेका छन्। यस्ता छन् मुकेश अम्बानीका तीन कुराः

१. लक्ष्यमा ध्यान केन्द्रित 

भिडियोमा मुकेश अम्बानीले आफ्नो भाषणमा भनेका छन् कि यदि लक्ष्यमा ध्यान दिइयो भने सबै कठिनाइहरू पार गर्न सकिन्छ । अर्कोतर्फ, यदि कठिनाइहरूमा ध्यान केन्द्रित गरियो भने, कहिल्यै आफ्नो लक्ष्यमा पुग्न सक्षम भईदैन ।  

CG Motors
Muktinath Bikas Bank Limited

२. कडा मेहनत  

मुकेश अम्बानीले सफलताको लागि सधैं कडा परिश्रम गर्नु पर्ने बताएका छन्। उनले स्थानिय बजारमा मात्रै नभई विश्वस्तरमा उच्कृष्ठ बन्ने लक्ष्य राख्नु पर्ने बताएका छन् ।  

३. सकारात्मक सोच

मुकेश अम्बानीले लागि सकारात्मकता सबैभन्दा महत्त्वपूर्ण विषय भएको बताएका छन्। भिडियोमा मुकेश अम्बानीले सफलता हासिल गर्न आत्मविश्वासका साथसाथै आत्मविश्‍वास पनि हुनु पर्ने बताएका छन् ।  

मुकेश अम्बानी भारतको मात्र नभई एशियाकै सबैभन्दा धनी व्यक्ति हुन् । ब्लूमबर्ग बिलियनेयर्स इन्डेक्सका अनुसार मुकेश अम्बानीको कुल सम्पत्ति १०५ बिलियन डलर छ।ृनी  विश्वको १४ औं धनी व्यक्ति हुन् । यो वर्ष उनको सम्पत्ति ८.९३ अर्ब डलरले बढेको छ ।

Global IME Bank Limited
Nabil Bank Limited
IME remit
New Office
Mahalaxmi Development Bank
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.