IME remit
  • सोमबार, कार्तिक १०,२०८२ 02:52:31
IME remit
Global IME Bank Limited

दशैंमा पाएको दक्षिणाबाट जीवन बीमा गराऔं वा बीमालेख उपहार दिऔं !

Hyundai Nepal
दशैंमा पाएको दक्षिणाबाट जीवन बीमा गराऔं वा बीमालेख उपहार दिऔं !
Shivam Cement

काठमाण्डौ । जीवनबीमा सुरक्षासँगै बचत गर्ने माध्यम पनि हो । कुनै पनि ब्यक्ति वा सो व्यक्तिको परिवारको आर्थिक सुरक्षाको लागि जीवन बीमा गरिन्छ । जीवन बीमाले बीमितको जीवनमा आइपर्ने वा उसको परिवारलाई पर्ने आर्थिक संकटको बेला सहायता प्रदान गर्छ । जीवन बीमा गर्दा बीमाको निश्चित अवधि सकिएपछि निजको बीमालेखमा रहेको रकम र उक्त अवधिमा प्राप्त हुने अतिरिक्त रकम समेत एकमुष्ट रकम प्राप्त गर्न सकिनेछ ।  

जीवन बीमा गर्दा फाइदा नै फाइदा हुने भएकाले पछिल्लो समय बीमामा आबद्ध हुनेहरुको संख्या बढ्दो छ । अझ केही समययता आफ्ना नजिकका व्यक्तिलाई विभिन्न अवसरहरुमा उपहार स्वरुप बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै गइरहेको छ ।  

जन्मदिन, विवाह, चाडपर्व तथापास्नी जस्ता विभिन्न अवसरमा आफ्नो घरपरिवार, साथीभाई, इष्टमित्र तथा नजिकका व्यक्तिलाई उपहार स्वरुप जीवन बीमा पोलिसी खरिद गरिदिने नयाँ खालको ट्रेन्ड चलेको छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

नेपालीहरुको महानपर्व बडादशैं सबैको घर–आँगनमा आइसकेको छ । विशेषगरी दशैंलाई आफु भन्दा ठूलाहरुबाट आर्शिवाद लिने पर्वको रुपमा लिइन्छ । खासगरी आश्विन शुक्ल सप्तमीका दिनदेखि दशमीका दिनसम्म फूलपाती, महाअष्टमी, महानवमी र विजयादशमीलगातार चार दिनको महापर्व बडादशैं हो ।  

बिजयादशमीमाभगवतीले दानवीशक्तिमाथी र रामले रावणमाथी बिजयहासिल गरेको उपलक्ष्य र खुशीयालीमानवदुर्गा भवानीको प्रसाद स्वरुप मान्यजनबाट रातो टीका र जमरा लगाएर आर्शिवाद थापेर मनाइन्छ ।  

अझै पछिल्लो समय दशैंमा टीका थाप्न आएका छोरीचेली, ज्वाइँ, आफन्त आदिलाई रातो टीका, जमराको साथमा दक्षिणा समेत दिने प्रचलन छ । विजया दशमीको दिन आ–आफ्नो गच्छेअनुसार मान्यजनबाट टीका लगाइसकेपछि दक्षिणा दिने गरिन्छ ।  

सुख, शान्ति, शक्तिर समृद्धिको कामना गर्दै दिइएको दक्षिणालाई घरमा राख्नु भनेको लक्ष्मीलाई भित्र्याउनु हो, भन्ने आमविश्वास पनि छ । र त्यस्तो दक्षिणा खर्च नगरी राख्ने गरेको समेत पाइन्छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

दशैंमा टीका लगाएर पाएको दक्षिणालाई फजुल खर्च गर्नुभन्दा त्यसको बचत गर्दा उचित मानिनेछ । स–सानो रकमको बचतबाट भविष्यमा हुन सक्ने जोखिम कभर हुने भएको हुँदा बुद्धिजिवी व्यक्तिहरुले दशैंमा पाएको दक्षिणाले बीमा गराई त्यसको भरपुर सदुपयोग गर्ने गर्दछन् । केहीले बैंक तथा वित्तीय संस्थामा निक्षेपको रुपमा बचत पनि गरेका हुन्छन् ।  

तर, जीवन बीमा गर्दा अझै डबल फाइदा पनि हुने बीमा विज्ञहरु बताउँछन् । दशैंमा टीका थापेर दक्षिणा स्वरुप पाइने रकम जम्मा गरी आफ्नै वा आफ्ना परिवारलाई उपहार स्वरुप बीमा पोलिसी उपहार दिनु फाइदाजनक हुने बीमाकर्मीहरु बताउँछन् ।  

स–सानो रकम बचत गर्दा भविष्यमा हुन सक्ने रिस्क समेत कभर हुने भएकोले दक्षिणाको रकमबाट बीमा गर्नु उपयुक्त हुने बीमा कम्पनीका अधिकारीहरु बताउँछन् ।

बीमा गर्दा बचत हुनुका साथै भविष्यमा हुन सक्ने दुर्घटना जस्ता जोखिमहरुको पनि कभर गर्ने भएकोले दक्षिणा स्वरुप पाएको रकम बीमाका लागि खर्चिनु उपयुक्त मानिन्छ । साथै, बीमा गर्दा आर्थिक सुरक्षा हुने, जोखिमभार कम पर्ने, करमा छुट हुने, ऋणको सुविधा, परनिर्भरता उन्मूलन, भविष्य योजनाको निर्माण र बचत गर्न प्रोत्साहन हुने भएकोले बीमा गर्दा फाइदा हुने विज्ञहरुको भनाई छ ।  

कति रुपैयाँको बीमा गराउन सकिन्छ ?

हाल बीमा कम्पनीहरुमा ५० हजार रुपैयाँमाथिको जतिको पनि जीवन बीमा गराउन सकिन्छ । सामान्यतया ५ वर्ष देखि ५४ वर्ष अवधिसम्मको बीमा गराउन पाउने प्रावधान रहेको छ । बीमितले आफ्नो आर्थिक अवस्था हेरेर बीमा गर्नुपर्ने हुन्छ ।  

मानौं बीमितले १० वर्षे अवधिको लागि ५ लाख रुपैयाँ बीमांक रकमको बीमा गराउँदा वार्षिक किस्ता लगभग ३८–४० हजार रुपैयाँ (अनुमानित)कम्पनीलाई तिनुपर्ने हुन्छ । तर बीमितले आफुले खरिद गरेको पोलिसीमा दुर्घटना मृत्यु बीमा, पूर्ण स्थायी अशक्तता, घातक रोग बीमा जस्ता सेवाहरु समेत लिएमाती सुविधावापतको छुट्टै प्रिमियम कम्पनीलाई तिर्नुपर्ने हुन्छ ।  

मानौं, कुनै एक व्यक्तिले दशैंमा दक्षिणावापत ४०–५० हजार रुपैयाँ आर्जन गर्दछ, भने ५ लाख रुपैयाँको बीमा गराउँदा ढुक्कसँग प्रिमियम तिर्न सक्दछ । पहिलो वर्षको दशैंबाट पाएको दक्षिणाले बीमा गराउने र अन्य वर्षको दशैंबाट आएको दक्षिणाबाट प्रिमियम तिर्न सकिन्छ ।  

जीवन बीमा कसरी र कहाँ गराउने ?

हाल १४ वटा जीवन बीमा कम्पनीमध्ये बीमितले कम्पनी छानेर बीमा गराउन सक्नेछन् । तर कम्पनीको बोनसरेट हेरेर बीमा गराउँदा उपयुक्त मानिन्छ । कम्पनीहरुले वर्षेनी कुन बीमालेख मा कति बोनस दिइरहेको त्यो बुझेर बीमा गराउन उचित हुनेछ ।  

साथै जीवन बीमा कम्पनीहरुको मेरुदण्डको रुपमा रहेका अभिकर्ताहरु समक्ष पनि हामीले बीमा गराउन सक्नेछौं । तर अभिकर्ताहरुसँग बीमा गराउँदा सबै कुरा बुझेर मात्रै गराउनुपर्ने हुन्छ । अभिकर्ताहरुको सल्लाहबमोजिम आफूले खरिद गर्न सक्ने पोलिसी छानेर बीमा गराउनु उचित मानिन्छ । साथै, बीमा कम्पनीहरुको वेबसाइटमा गएर पनि त्यहाँ उल्लेखित बीमालेखहरु बुझेर पनि बीमा गराउन सकिन्छ । 

Global IME Bank Limited
Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.