मंगलवार, असार ३,२०८२ 02:37:34
  • मंगलवार, असार ३,२०८२ 02:37:34
Global IME Bank Limited

एनआईसी एशियाको वित्तीय विवरण सार्वजनिक, कस्ता छन् सूचकहरु ?

Hyundai Nepal
एनआईसी एशियाको वित्तीय विवरण सार्वजनिक, कस्ता छन् सूचकहरु ?
Nabil Bank Limited

काठमाण्डो । एनआईसी एशिया बैंक लिमिटेडले चालु आवको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार बैंकले ११ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ८९.०६ प्रतिशतले कम हो । अघिल्लो् आवको सोही अवधिसम्म भने बैंकले १ अर्ब १ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।    

समीक्षा अवधिसम्म बैंकले २ अर्ब ५५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको सोहि अवधिको तुलनामा ७.०६ प्रतिशतले कम हो । अघिल्लो आवको सोहि अवधिसम्म बैंकले २ अर्ब ७४करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । बैंकको खुद सञ्चालन आम्दानी १ अर्ब ९० करोड रुपैयाँ छ । बैंकले इम्पेयरमेन्ट चार्जका लागि १ अर्ब १६ करोड रुपैयाँ छुट्टाएको छ । कर्मचारीको लागि ९८ करोड ९४ लाख रुपैयाँ खर्च गरेको बैंकको अन्य सञ्चालन खर्च ८१ करोड ८१ लाख रुपैयाँ रहेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बैंकको रिटेन्ड अर्निङ २ अर्ब २१ करोड रुपैयाँले ऋणात्मक रहँदा रिजर्भको आकार १७ अर्ब ६९ करोड रुपैयाँबराबर छ ।  

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी(ईपीएस)२.९१ रुपैयाँ,प्रतिसेयर नेटवर्थ २०३.७९ रुपैयाँ,मूल्य आम्दानी अनुपात १७१.५० गुणा,र कुल सम्पत्तिमा प्रतिफल ०.११ प्रतिशत रहेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.