सोमबार, असार २,२०८२ 10:45:12
  • सोमबार, असार २,२०८२ 10:45:12
Global IME Bank Limited

नेपाल, जापान र दक्षिण कोरियाबीच ५० वर्ष पुरानो मित्रतालाई प्रवर्द्धन गर्न ‘के पप टुर इन नेपाल’ कन्सर्ट हुँदै

Hyundai Nepal
नेपाल, जापान र दक्षिण कोरियाबीच ५० वर्ष पुरानो मित्रतालाई प्रवर्द्धन गर्न ‘के पप टुर इन नेपाल’ कन्सर्ट हुँदै
Nabil Bank Limited

काठमाण्डौ। नेपाल, जापान र दक्षिण कोरियाबीचको ५० वर्ष पुरानो मित्रतालाई प्रवर्द्धन गर्न डिसेम्बरमा ‘के पप टुर इन नेपाल’ हुने भएको छ । काठमाण्डौको हायात होटलमा डिसेम्बर २० र २१ तारिखमा ‘के पप टुर इन नेपाल’ आयोजना हुने भएको हो । कार्यक्रमको आयोजकमा ग्रान्ड च्यारिट नेपालले रहेको छ ।

विश्व प्रख्यात के–पप, जे–पप ताराहरू र लामो पक्षका चर्चित नेपाली कलाकारहरू सहितको गतिशील संगीत कन्सर्टलाई प्रायोजन गर्ने अवसर प्रदान गर्न पाउँदा निकै हर्षित भएको आयोजक ग्रान्ड च्यारिट नेपालले जनाएको छ । यो रोमाञ्चक दुई दिने संगीतिक कार्यक्रमले नेपाल र विदेशबाट हजारौं उत्साही प्रशंसकहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको आयोजकको भनाइ छ ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

जापान, दक्षिण कोरिया र नेपालका कलाकारले प्रस्ततु दिने सो कार्यक्रम दिउँसो १ बजेबाट राती १० बजेसम्म हायात होटलमा हुने बताइएको छ ।

कार्यक्रममा के पप, जे पप र ने–पपका कलाकारहरुले आफ्नो प्रस्तुति दिनेछन् । नेपालसँग जापान र दक्षिण कोरियाको मैत्री सम्बन्ध स्थापित भएको ५० बर्ष पुगेको शुभ अबसरमा यो कार्यक्रमको आयोजना हुन लागेको आयोजकले जानकारी दिएका छन् ।

नेपालका कलाकारहरुसँग जापान र दक्षिण कोरियाका कलाकारहरुले एक अर्काको देशको संस्कृती झल्कने प्रस्तुती राख्नेछन्। यस सांगीतिक कन्सर्टमा नेपालका चर्चित ब्यान्ड कुटुम्ब, गायक दीपक बज्राचार्य र करण परियारले आफ्नो प्रस्तुती दिनेछन् ।

कन्सर्टमा कोरिया तथा जापानका केल्ट नाइन वी, बस्टर्च ग्रूप, डस्टिन ग्रुप, लभ वन ग्रुप, सामुराई लगायतका व्यान्डका कलाकारहरुले आफ्नो प्रस्तुती राख्नेछन् । यस्तै, एओनियो मामी, हान सेह्यूनले पनि यो कार्यक्रममा प्रस्तुती रहने आयोजकले जानकारी दिएका छन् ।

ग्रान्ड च्यारिट नेपालका अनुसार ‘कार्यक्रमलाई भव्य बनाउन कुनै कसर बाँकी नराखिने र कार्यक्रममा दर्शकले नेपालसँगै दक्षिण कोरिया र जापानका कलाकारहरुको प्रस्तुतीबाट नयाँ अनुभव गर्न सक्नेछन् । यस कन्सर्टका लागि टिकट बिक्री खुला भइसकेको आयोजक ग्रान्ड च्यारिट नेपालले जानकारी दिएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.