आईतवार, बैशाख १४,२०८२ 10:05:20
IME remit
  • आईतवार, बैशाख १४,२०८२ 10:05:20
IME remit
Global IME Bank Limited

प्लाष्ट नेपालको आयोजनामा ‘चौथो अन्तर्राष्ट्रिय प्लाष्टिक प्रर्दशनी’ हुने

Hyundai Nepal
प्लाष्ट नेपालको आयोजनामा ‘चौथो अन्तर्राष्ट्रिय प्लाष्टिक प्रर्दशनी’ हुने
Nabil Bank Limited

काठमाण्डौ । प्लाष्ट नेपाल फाउण्डेशनको आयोजनमा यही मंसिर १३ गतेदेखी १५ गतेसम्म भृकुटीमण्डपस्थित प्रर्दशनीस्थलमा चौथो अन्तर्राष्ट्रियस्तरको प्लाष्टिक प्रर्दशनी हुने भएको छ।

यस प्रदर्शनीमा नेपालमा उत्पादित विभिन्न प्लाष्टिकजन्य वस्तुहरुका उत्पादनहरु साथै प्लाष्टिक उत्पादनमा प्रयोग हुने कच्चा पदार्थहरु, विभिन्न मेशिन–औजार–उपकरणहरु लगायत नविनतम प्रविधि समेतको प्रदर्शनी गरिने प्लाष्ट नेपाल फाउण्डेशनका अध्यक्ष दिपक श्रेष्ठले जानकारी दिए।

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

मेलामा नेपाल, भारत, बंगलादेश, चीनलगायतका विभिन्न उत्पादक, कच्चा पदार्थ आपुर्तिकर्ता र मेशिन उपकरण आपूर्तिकर्ता तथा मिडिया÷सेवा प्रदायकहरुको सहभागिता रहने छ। फाउण्डेशनका अनुसार मेलाको सह–आयोजक भारतको कम्प्लाष्ट रहेको छ।

यस मेलाले नेपालमा प्लाष्टिकजन्य वस्तुको उत्पादन र उपयोग तथा उपयोगपछिको व्यवस्थापन समेतका विषयमा प्रचारप्रसार गरि जनचेतना जगाउने तथा विश्व बजारमा गरिएका नविनतम प्रविधिको विकासलाई नेपाली बजारमा समेत भित्र्याउने विषयमा सहयोग पुर्याउने आयोजकले बताएका छन्।

Muktinath Bikas Bank Limited

प्लाष्टिकजन्य वस्तुको उपयोगिताका विषयमा उपभोक्ता, सरकारी र सार्वजनिक निकायहरुमा जागरण ल्याउने एवं जानकारी गराउने, प्लाष्टिक उद्योगहरुको जनशक्ति विकास गर्न तालिम÷प्रशिक्षण, आधुनिक र अध्यावधिक ज्ञान र सीप उपलव्ध गराउने र हस्तान्तरण गर्ने केन्द्रको रुपमा काम गर्ने, प्लाष्टिकजन्य वस्तुहरुको परीक्षण र विकाससम्वन्धि सेवा प्रदान गर्ने प्रयोगशालाको विकास गरी भविष्यमा प्रमाणिकरणको काम समेत गर्ने, प्लाष्टिकजन्य वस्तुहरुको सम्वन्धमा ३ आरको विषयमा जागरण ल्याउने, प्लाष्टिक क्षेत्रको प्रवद्र्धन गरि नेपाललाई प्लाष्टिक गन्तव्यको रुपमा विकास गर्ने उद्देश्यसहित स्थापना भएको प्लाष्ट नेपाल फाउण्डेशनले यसभन्दा अगाडी तीनवटा अन्तराष्ट्रिय प्रदर्शनी सफलतापुर्वक सम्पन्न गरीसकेको छ।

Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.