बिहीबार, बैशाख १०,२०८३ 12:25:37
Bizshala
  • बिहीबार, बैशाख १०,२०८३ 12:25:37
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सेबोन अध्यक्ष छनौटका लागि आज हुँदैछ अन्तरवार्ता

Bizshala
सेबोन अध्यक्ष छनौटका लागि आज हुँदैछ अन्तरवार्ता
Shivam Cement

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)को अध्यक्ष छनौटका लागि यसअघि अन्तर्वार्तामा सहभागी नभएका ३ जना उम्मेदवारको कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ता आज हुने भएको छ । बोर्डको अध्यक्ष छनौट गर्न गठित अध्यक्ष सिफारिस समितिले गत कात्तिक २९ गते सूचना जारी गर्दै ३ जना उम्मेदवारलाई पुनः कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि बोलाएको थियो।    

तीनजना उम्मेदवारमा धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा नवराज अधिकारी, नेप्सेका सीईओ कृष्णबहादुर कार्की र तत्कालीन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाइँ रहेका छन् ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

यी तीनै जना उम्मेदवारलाई  मंसिर ९ गते बिहान ८ बजेका लागि कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि बोलाइएको छ । समितिले अन्तर्वार्तामा सहभागी नभएका ३ जना उम्मेदवारलाई गत असोज १८ गते अन्तर्वार्ताका लागि बोलाएको थियो। तर, सिफारिस समितिका संयोजक तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा शिवराज अधिकारी अस्वस्थताका कारण उपस्थित नभएपछि अन्तर्वार्ता स्थगित भएको थियो ।  

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ती गर्ने प्रयोजनका लागि गठित समितिले बोर्ड अध्यक्षका लागि ५ जनाको नाम सिफारिस गरेको थियो । जसमध्ये सन्तोषनारायण श्रेष्ठ र बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ मात्रै अन्तवार्ताका लागि गएका थिए ।  

CG Motors
Garima Development Bank
IME remit

कार्ययोजना प्रस्तुतिकरण र अन्तर्वार्ताका लागि २ जना मात्रै गएपछि धितोपत्र बोर्डको अध्यक्ष नियुक्ती गर्ने प्रयोजनका लागि गठित समितिको असार १४ गतेको निर्णयले अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गरेको थियो ।  

तर, प्रक्रिया रद्द गर्न नमिल्ने दाबी गर्दै सन्तोषनारायण श्रेष्ठले सर्वोच्चमा रिट दायर गरेका थिए । सर्वोच्च अदालतले सरकारलाई यो प्रक्रिया रद्द नगर्न र अहिलेको प्रक्रिया अनुसार नै बोर्डको अध्यक्ष नियुक्ति गर्न अन्तरिम आदेश दिएको थियो । 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.