विश्वकै पहिलो सीएनजी बाइक लञ्च, दिन्छ ३३० किमी माइलेज
काठमाण्डौ । भारतको अटो निर्माता कम्पनी बजाज अटोले विश्वको पहिलो ‘सीएनजी बाइक’, बजाज फ्रीडम १२५ लञ्च गरेको छ । कम्पनीले ५ जुलाईमा विश्वकै पहिलो सीएनजी बाइक लञ्च गरेको हो । यो बाइक चलाउनका लागि २ वटा फ्युल अप्शन अर्थात २ लिटरको पेट्रोल ट्याङ्क र २ किलोको सीएनजी ट्याङ्क दिइएको छ । दुवै ट्याकं एकपटक फुल गराउदा ३३० किमीको माइलेज प्राप्त हुन्छ । बाइक चालकले एउटा बटनबाट सीएनजीबाट...

