एनएमबि बैंकद्वारा ‘ग्लोबल मनी वीक’को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
काठमाण्डौ । एनएमबि बैंकले ‘ग्लोबल मनी वीक २०२६’ को अवसरमा देशभर विभिन्न वित्तीय साक्षरता कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न गरेको छ । युवा पुस्तामा वित्तीय ज्ञान र सचेतना अभिवृद्धि गर्ने उद्देश्यले बैंकले आफ्ना शाखामार्फत विभिन्न विद्यालय, कलेज तथा समुदायस्तरमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो ।

