गभर्नर नियुक्तिमा नयाँ झमेला, सिफारिस समितिका सदस्य अधिकारीको योग्यतामाथि प्रश्न उठाउँदै रिट दायर
काठमाण्डौ । निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले गभर्नर सिफारिस समितिको सदस्य बनाएको विषय गैरकानूनी रहेको दाबी गर्दै अदालतमा रिट परेको छ । अधिवक्ता नवीन धितालले महाप्रसाद अधिकारीको योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । तर रिटलाई सर्वोच्चले समयअभावको कारण देखाउँदै दर्ता भने गरेको छैन । दर्ता गर्ने समय नै घर्किने अवस्थामा हतार हतार...