स्वावलम्बन लघुवित्तको स्वतन्त्र सञ्चालकमा शाक्य नियुक्त
काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा प्रोफेसर डाक्टर कुसुम शाक्य नियुक्त भएका छन् । साउन २६ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले शाक्यलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

