'लो क्याप' र 'अल्ट्रा लो क्याप'को नाममा सोझा लूट्ने खेल बढेको बढ्यै, जो कमजोर उसकै भाउ अचाक्ली !
काठमाण्डौ । पछिल्लो समय धितोपत्र दोस्रो बजारमा बित्तीय रुपमा कमजोर कम्पनीहरु नै बढी चल्न थालेका छन् । जुन आधारभूत पक्षमा कमजोर त्यहि कम्पनी चम्किने र जुन बलियो अर्थात् सबल त्यो छायाँमा पर्ने अवस्था देखिएको छ । नेप्सेमा जुनसुकै सेक्टरको कम्पनीमा पनि यो खालको ट्रेन्डले सिँगो पूँजीबजारको स्वास्थ्य बिग्रिएको छ । विशेषगरी केही व्यापारीहरुले नेपालको सिँगो पूँजीबजारमा...

