सेयरबजारमा सामान्य अंकको बढोत्तरी, कारोबार रकम भने घट्यो
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज सेयरबजार सामान्य अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) परिसूचक ०.२८ प्रतिशत अर्थात ७.३९ अंकले बढेर २ हजार ६१४.०७ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.०६ प्रतिशतले बढेर ४४७.०५ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३१ वटा स्क्रिप्टको ८७ लाख ४२ हजार ८४ कित्ता सेयर ३ अर्ब ७५...

