हकप्रद निष्कासनका लागि ङादी ग्रुप पावरको बुक क्लोज मिति तय
काठमाण्डौ । ङादी ग्रुप पावर लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि बुक क्लोज मिति ताकेको छ । कम्पनीले शतप्रतिशत हकप्रद सेयरका लागि बुक क्लोजको मिति तय गरेको हो । हकप्रद सेयर निष्कासन प्रयोजनका लागि कम्पनीले आगामी मंसिर १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ, मंसिर १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै यो हकप्रद खरिदका लागि योग्य हुनेछन् ।

