आम्दानीमा ४३४% को उछाल आएसँगै घाटाबाट बाहिर निस्कियो पिपुल्स पावर, कति कमायो नाफा ?
काठमाण्डौ । पिपुल्स पावर लिमिटेडको आम्दानी बढेसँगै कम्पनी घाटाबाट बाहिर आएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म ३ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म भने कम्पनी ६७ लाख ६२ हजार रुपैयाँ घाटामा थियो । कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीमार्फत १० करोड ७७ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा ४३४.५५ प्रतिशतले...

