१२ वटा बीमा कम्पनीको सेयरभाउ बढ्यो, सानिमा जिआइसीका सेयरधनीले सर्वाधिक कमाए
काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा झिनो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक २.११ अंकले बढेर २९६८.४४ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत ३३७ कम्पनीको ४ करोड १४ लाख ५४ हजार ६११ कित्ता सेयर किनबेच हुँदा १८ अर्ब ९० करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ वटा उपसूचकमध्ये आज ५ वटा समूहमा मात्रै हरियाली छाएको छ भने बाँकी उपसूचक राताम्य भएका छन् । बीमा...

