आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, ६ वटाबाट उच्च खरिद माग
काठमाण्डौ । सोमबार सेयरबजारमा साढे ३ अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट उच्च बिक्री भएको छ । उच्च खरिद गर्ने ब्रोकरहरुमा अनलाइन सेक्युरिटिज, डायनामिक मनि म्यानेजर्स, लिन्च स्टक मार्केट, सनि सेक्युरिटिज, भिजन सेक्युरिटिज र प्रिमियर सेक्युरिटिज रहेका छन् ।

