अन्तिम १५ मिनेट औसतको नियम परिवर्तन नहुने नेप्सेको प्रष्ट संकेत, 'यो विश्वव्यापी असल अभ्यास हो'
काठमाण्डौ । लगानीकर्ताहरुको चर्को विरोधका बाबजुद सेयर बजारको फ्रन्टलाइन रेगुलेटर नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले अन्तिम १५ मिनेटको औसत सम्बन्धी नियमप्रति आफ्नो अडान दोहोर्याउँदै यो परिवर्तन नहुने प्रष्ट संकेत दिएको छ । नेप्सेले अन्तिम १५ मिनेटको औसतका आधारमा बजारको परिसूचक तथा कम्पनीको अन्तिम कारोबार मूल्य निर्धारण हुने व्यवस्थालाई विश्वव्यापी असल अभ्यास भन्दै...

