युनिलिभर नेपालद्वारा महिला फुटबल टोलीलाई ट्राभल किट हस्तान्तरण
काठमाण्डौ । युनिलिभर नेपालले राष्ट्रिय महिला फुटबल टोलीका २७ खेलाडी तथा अधिकारीहरूलाई विशेष ट्राभल किट हस्तान्तरण गरेको छ । कम्पनीले राष्ट्रिय महिला फुटबल टोलीको आधिकारिक प्रायोजक रहेको आफ्नो पर्सनल केयर ब्रान्ड डोभमार्फत आज एन्फा कार्यालयमा उक्त सहयोग हस्तान्तरण गरेको हो ।

